कोइरालाको पुण्यतिथिमा श्रद्वाञ्जलीसभा

आदर्श समाज सम्वाददाता
वैशाख २४, २०७६
59466290_333452717373192_1486801516189712384_n_Fotor

पोखरा, २३ वैशाख। नेपाली काँग्रेस पोखरा–१२, इकाइ समितिका पूर्व सभापति एवं समाजसेवी होमनाथ कोइरालाको १३ औं दिनको पुण्यतिथिमा सोमबार श्रद्वाञ्जलीसभा गरिएको छ।

श्रद्वाञ्जलीसभामा काँगेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, आफन्त र परिवारका सदस्यहरुको सहभागिता रहेको थियो।

श्रद्वाञ्जली सभामा बोल्दै काँग्रेस नेता शुक्रराज शर्माले स्व. कोइरालाले काँग्रेस सहित शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा योगदान पुर्याएको बताए।

कार्यक्रममा कास्की काँग्रेसका सभापति कृष्ण केसी, गण्डकी प्रदेशसभा सदस्य विन्दु थापा, नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधवप्रसाद बास्तोला ‘मधु, क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, महासमिति सदस्य गिरिराज गौतम, पोखरा महानगर सभापति बजिरमान श्रेष्ठ, क्षेत्रीय सचिव कृष्ण कोइराला, नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, कोइराला समाजका अध्यक्ष देवीदत्त कोइराला, प्राडा कृष्ण केसी, नेकपा पोखरा–१२ का संयोजक गोविन्द घिमिरे र परिवारजनतर्फबाट जगन्नाथ कोइरालाले बोलेका थिए।

नेपाली काँग्रेस पोखरा–१२, इकाइ समिति सभापति राधेश्याम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामजी बास्तोलाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width