पदक विजेता ह्याण्डबलका खेलाडीहरुको सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख २१, २०७६
Handball 1

पोखरा, २१ वैशाख । नेपालगञ्जमा हालै सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट पदक विजेता खेलाडीहरुलाई सम्मान गरिएको छ ।

प्रतियोगिताअन्तरगत गण्डकी प्रदेशले पुरुषतर्फको ह्याण्डवल खेलमा स्वर्ण पदक र महिलातर्फ कास्य पदक जितेको थियो । कास्की जिल्ला ह्याण्डवल संघले समग्र प्रदेशको इज्जत राख्न सफल स्वर्ण पदक दिलाउने ह्याण्डवलका खेलाडीहरुको थप हौसला स्वरुप एक समारोहबीच शनिबार पोखरा रंगशालाको ह्याण्डवल एकेडेमीमा सम्मान गरेको हो ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका सांसदहरु मोहन रेग्मी, इन्द्रधारा विष्ट र मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, नेपाल ह्याण्डवल संघका अध्यक्ष तेजबहादुर गुरुङ, भूतपूर्व खेलाडी मञ्चका पूर्व अध्यक्षद्धय डा. विरेन्द्रसिंह गुरुङ, खड्कबहादुर रानाभाट, संघका सल्लाहकार राम गुरुङलगायतले खेलाडीहरुलाई सम्मानपत्रको साथमा खादा र अबीर लगाएर सम्मान गरेका हुन् ।
पुरुषतर्फको ह्याण्डबलमा सम्मानित हुने खेलाडीहरुमा टिम क्याप्टेन बिशाल बस्नेत, दिनेश श्रेष्ठ, बिमल थापा, प्रविन गुरुङ, पवन छन्त्याल, विशाल नेपाली, राता केसी, चन्द्र केसी, कदम चालिसे, जोमिश पुर्जा, शरण थापा, सन्तोस श्रेष्ठ, कल्याण भण्डारी र शिव खड्का छन् ।

टिम प्रशिक्षकमा भिमशेन शाक्य, सहायक प्रशिक्षकमा गणेश अर्याल, व्यबस्थापकमा सुमन थकाली थिए । त्यसैगरी, आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत महिला तर्फको ह्याण्डवल खेलमा गण्डकी प्रदेशलाई कास्य पदक दिलाउने खेलाडीहरुको टोलीलाई समेत सम्मान गरिएको थियो । कप्तान सुस्मीता गुरुङसहित खेलाडी एवं प्रशिक्षक बिष्णु गुरुङलाई सम्मान गरिएको हो ।

पुरुषतर्फको ह्याण्डबलमा गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी वलको एपीएफलाई फाइनल खेलमा ३७—३३ गोलको अन्तरले पराजित गर्दै गण्डकी प्रदेशलाई समूहतर्फ पहिलो स्वर्ण पदक दिलाएको थियो । समूहतर्फ प्रदेशमै पहिलो स्वर्ण पदक गण्डकी प्रदेशले ह्याण्डलबाटै प्राप्त गरेको संघका सचिव चित्रबहादुर थापाले बताए । पदक तालिकामा गण्डकी प्रदेश पाचौं अर्थात प्रदेशमा दोश्रो भएको छ । गण्डकी प्रदेशको प्रतिनिधित्व गरेका अधिकांश कास्कीका खेलाडीहरु रहेको संघका उपाध्यक्ष पुष्पा श्रेष्ठले बताइन् । उक्त अवसरमा कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङले ह्याण्डवल खेलको विकासको लागि भन्दै २५ हजार नगद प्रदान गरे ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राज्यको न्यून लगानीमा गण्डकी प्रदेशका खेलाडीहरुले विभागीय टोलीलाई पराजित गर्दै स्वर्ण पदक दिलाउनु गण्डकी प्रदेशकै गौरव भएको बताए । खेलकुदमा अब खेलसंगै ज्ञान र विज्ञान आवश्यक भएको उनको भनाई थियो ।
आर्थिक विकास र मुलुकको समृद्धिको लागि खेलकुदलाई पनि सँगै लैजानुपर्ने कुरालाई बुझेर गण्डकी प्रदेशले होस्टेलसहितको सुविधासम्पन्न स्टेडियम

निर्माण गर्ने योजना रहेको मन्त्री गुरुङले बताए । विश्वका मुलुकसँग प्रतिष्प्रर्धा गर्न सक्ने सजिलो माध्यम नै खेलकुद भएको बताउँदै गुरुङले संभावना भएका खेलमा राज्यसहित निजी क्षेत्रले लगानी गर्नुपर्ने बताए । खेलकुदले शारिरीक रुपमा स्वच्छ राख्नुका साथै अनुशासनको समेत उत्तिकै आवश्यक भएको मन्त्री गुरुङले उल्लेख गरे ।

राज्यको न्यून लगानीमा पनि ह्याण्डवल खेलले प्रदेशमै समुह तर्फ पहिलो स्वर्ण पदक दिलाएकोमा खुशी व्यक्त गर्दै नेपाल ह्याण्बल संघका अध्यक्ष तेज बहादुर गुरुङले अब राज्यले यस खेलमा लगानी गर्नुपर्ने बताए । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने हुँदा उक्त खेलमा धेरै स्वर्ण पदक ल्याउने गरी खेल पूर्वाधार र खेलाडीहरुलाई निरन्तर प्रशिक्षणको आवश्यक भएको उनको माग छ ।

उनले भने, ‘हाम्रो खेलकुदमा धेरै विभेद रहेको छ । पदकको आशा भएका खेलहरुमा राज्यको बढी ध्यान केन्द्रीत हुनु प¥यो । पदक विजेता खेलाडीहरुको हौसलाको लागि यस्तो सम्मान कार्यक्रम आवश्यक हुन्छ ।’

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width