भजनी, १९ वैशाख । कैलालीको घोडाघोडी नगरपालिका–३ मा रहेको कालिका सामुदायिक वनमा दुई शव फेला परेको छ ।
उक्त शव घोडाघोडी नगरपालिका–३ का २३ वर्षका शिवराज चौधरी र जोशीपुर गाउ“पालिका पिपरकोटीकी २५ वर्षकी निर्मला चौधरीको रहेको बताइएको छ । दुवैले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ ।
शव परीक्षणका लागि धनगढी पठाइएको सुखड इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । शवमा कीरासमेत पर्न थालेकाले केही दिनअघि आत्मत्या गरेको हुनसक्ने बताइएको छ । केही दिनअघि एक महिलाले माइती पक्षलाई फोन गरी पतिको कुटाइको पीडा सहन नसकी आत्महत्या गर्दैछु भनी जानकारी गराएकी भन्दै केही व्यक्तिले खोजी गरेका थिए ।
ती महिला यिनै निर्मला चौधरी हुनसक्ने अनुमान गरिए पनि यकिन नभएको भन्दै यसबारे थप अनुसन्धान भइरहेको उक्तकार्यालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
कालीगण्डकीमा बेपत्ता बौदीकाली २ दिदीबहिनीको शव फेला
सेतीको खोंचबाट सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो युवकको शव
अछाममा आगलागी हुँदा २ नाबालकको मृत्यु
चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु
फेवामा बाेटिङ गर्दागर्दै हावाहुरीले दुर्घटना, सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१