काठमाडौँ, १९ वैशाख । नेपाली काङ्ग्र्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् ।
काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सपथ ग्रहण कार्यक्रममा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले पार्टीमा अनुशासन नभएसम्म निर्वाचन जित्न नसक्ने बताए । “निर्वाचनको बेला टिकट पाउनेलाई सहयोग गरौँ, निर्वाचन जिताउन लागौँ”, उनले बताए ।
सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा हार्ने व्यक्तिले जित्ने व्यक्तिलाई असहयोग गर्दा पार्टी कमजोर बन्दै गएको बताए । “एक अर्कालाई सहयोग नगरेसम्म पार्टी बलियो हुन सक्दैन”, उनले भने काङ्ग्रेस समावेशी पार्टी भएकाले यसलाई बलियो बनाउनका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले काङ्ग्रेसको विधान अरु पार्टीको भन्दा उत्कृष्ट भएकाले यसलाई आम जनतामाझ लैजानुपर्ने बताए । संयोजक निधिले प्रतिष्ठानले पार्टीको नीति बनाउने कुरा, अनुसन्धान गर्ने र प्रशिक्षण दिने बारेमा काम गर्ने उल्लेख गरे । “प्रदेशस्तरमा समेत केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान लैजान्छौँ”, उनले भने । उनले पार्टीको यही वैशाख २५ गतेदेखि शुरु हुन लागेको ‘हिमाल, पहाड तराई–मधेस जागरण अभियानलाई सहयोग गर्न प्रतिष्ठानका सदस्यको महत्वपूर्ण भूमिका रहेको बताए ।
काङ्ग्रेसको प्रशिक्षण प्रतिष्ठान ५१ सदस्सीय कार्यसमिति भए पनि आज ४५ सदस्यले सपथ ग्रहण गरेका थिए । आगामी निर्वाचनमा काङ्ग्रेसलाई विजयी बनाउनका लागि प्रतिष्ठानले काम गर्ने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नेकपा एमाले स्याङ्जामा समानान्तर कमिटी गठन
अन्नपूर्णमा विवेकशील साझा
सभापतिबाहेक अरु पदमा उठ्दिनँ : डा शेखर कोइराला
मुख्यमन्त्रीलाई सांसद खड्काको ब्याटल : शालीन लाग्थ्यो, नकाब उघ्रियो
माओवादी केन्द्रले दर्ता गरायो गृहमन्त्री थापाले दल त्याग गरेको सूचना
hero news full width
मुख्य समाचार
पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँढे राहत
गुरुङ सरकार ढाल्न ३ दलको जोडतोड : जनमोर्चाको ग्रीन सिग्नल कुर्दै
चैत्र २९, २०७७संक्रमण बढी भएका स्थानमा ३ साता शैक्षिक संस्था बन्द गर्न सिफारिस
चैत्र २८, २०७७आहारारा गोल्ड कप संकटालाई
चैत्र २८, २०७७पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी
चैत्र २८, २०७७कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी
चैत्र २८, २०७७