जापानबाट शैक्षिक सामग्री सहयोग

एजेन्सी
वैशाख १८, २०७६
peack ad_Fotor

पोखरा, १७ वैशाख। फेदिखोला गाउँपालिका–२ का विद्यार्थीलाई जापानबाट शैक्षिक सामग्री प्रदान गरिएको छ।

स्थानीय उपकार गोदारको पहलमा जापानस्थित पिक एड अन्तर्गत नोगुची केन फाउण्डेशनले कक्षा नर्सरी देखी कक्षा ८ सम्म अध्ययनरत ८४ जनालाईझोला, कलर पेन्टिङ र ज्योमेट्री बक्स लगायत सामग्री सहयोग गरेको हो। स्थानीय महेन्द्र जनसहयोगी आधारभूत विद्यालय, सिद्धार्थ मावि र काला भैरव माविका विद्यार्थीलाई फाउण्डेशन अध्यक्ष नोगुची केन र उनकी छोरी नोगुची सानले सो सामग्री वितरण गरेका हुन्।

हाल जापान कार्यरत फेदिखोलाका उपकार गोदारको सक्रियतामा उक्त फाउण्डेशनले शैक्षिक सामग्री लिएर विद्यालय पुगेको हो। कार्यक्रमका प्रमुख अतिथि फेदिखोला गाउँपालिका उपाध्यक्ष देवी थापाले सहयोगदातालाई धन्यवाद दिइन्। उनले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्ने विषयमा गाउँपालिका गम्भीर बनेको उल्लेख गरिन्।

कार्यक्रममा नोगुची केन फाउण्डेशन अध्यक्ष नोगुची केनले उपकार गोदारका विषयमा बोले। उपकार गोदारलाई आफूले सामाजिक भावना भएको व्यक्तिका रुपमा पाएको नोगुचीले उल्लेख गरे।

महेन्द्र जनसहयोग आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुमबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रअ सीताकुमारी केसीले स्वागत, निवर्तमान प्रअ बलबहादुर गोदारले संचालन गरेका थिए। सहजीकरण मिङ्मा अधिकारीले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width