पोखरा, १६ वैशाख। पोखरा–८, नागढुंगादेखि पृथ्वीचोक सडक छेउमा हुर्किएका वृक्ष संरक्षण तथा सौन्दर्यकरणका लागि ४४ वटा चौतारी निर्माण हुने भएको छ।
वडाध्यक्ष रुद्रनाथ बरालले सोमबार चौतारी निर्माण शिलान्यास गर्दै पोखरालाई हरित सहर बनाउन बृक्षरोपणको खाँचो औल्याए। उनले बृक्षरोपण गरेरमात्रै नहुने, हुर्किएकाको उचित संरक्षण गरिनुपनेर्मा जोड दिए। उनले पृथ्वीचोकदेखि जिरो किमीसम्म ५५ वटा चौतारी निर्माण गरिने पनि जानकारी दिए। पोखरा महानगरपालिकाका इ. सुरेन्द्र पौडेलले पोखरा कंक्रिट जंगल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यसबाट जोगिन बृक्षरोपण महत्वपूर्ण भएको उल्लेख गरे।
वडा सदस्य एवं चौतारी निर्माण अनुगमन समिति संयोजक पुष्पराज सिग्देलले पर्यटकको चाप हुने सडक भएकोले पनि सो क्षेत्रमा सौन्दर्यकरण जरुरी भएको बताए।
नागढुंगा चौतारी निर्माण उपभोक्ता समिति अध्यक्ष विनोद लामिछानेले झण्डै सात सय मिटर क्षेत्रफलमा ४४ वटा चौतारी निर्माण गरिने जानकारी दिए। समितिले अघि सारेको कार्यमा आर्थिक सहयोग उपलब्ध गराएकोमा महानगर तथा वडाप्रति आभार व्यक्त गरे। नागढुंगा युवा क्लब अध्यक्ष समेत रहेका पत्रकार लामिछानेले वडाको अन्य विकास कार्यमा सहकार्य गर्दै जाने बताए।
एयरपोर्ट टोल विकास संस्था अध्यक्ष सावित्री घिमिरेले हालको टी–गार्ड संरक्षण गर्नुपनेर्मा जोड दिँदै चौतारी निर्माणमा हातेमालो गर्ने बताइन्।
Related News
सम्बन्धित समाचार
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
एनटिभिएको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१