पोखरा, १६ वैशाख। गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले ‘विकासमा युवा अभियान’ अघि सारेकी छन्।
सो अभियानमा पोखराका विभिन्न वडाका युवालाई उनीहरुको रुचीअनुरुप सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उनको उद्देश्य छ।
यसैक्रममा पोखरा महानगरपालिका वडा ११ मा आयोजित युवाहरुको भेलामा जिफन्ट केन्द्रीय उपाध्यक्ष समेत रहेकी सांसद गुरुङले युवाहरुलाई रोजगारमा लगाउन सर्वप्रथम उनीहरुको समस्या पहिचान गरी अघि बढ्नुपर्ने सुझाव दिइन्।
उनले भनिन्, युवाहरुलाई आफ्नो इच्छाएको पेशा ब्यवसाय गरी बस्नका लागि घर परिवार, समाज र राज्यले समेत प्रोत्साहित गर्नुपर्छ। तालिम र पूर्वाधारका लागि प्रदेश सरकारले समेत सहयोग गदैर्आएको उनले बताइन्।
आफ्नै पहलमा पोखराका युवाहरुलाई उनीहरुको आवश्यकता पहिचानबारे अन्तरक्रिया गर्दै आएकी सांसद गुरुङले भनिन्, ‘हामीले यो वा त्यो गर भनेर दवाब दिनु हुँदैन, आफ्नै रुचीको पेशा, रोजगारी गर्न प्रेरित र वातावरण तयार गर्नुपर्छ। ’
सो अन्तक्र्रियापछि उनले रोजगारमूलक तालिमका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाइन्। कार्यक्रममा करिब १ सय जना युवाको सहभागिता थियो। पोखरा वडा ११ पछि उनले पोखरा वडा २० मा युवा भेला गरेर यसखालको अन्तक्र्रिया गर्ने जनाइन्। सांसद तलब भत्ता सामाजिक सेवामा लगाउने उद्घोषका साथ सांसद गुरुङले यसअघि पनि विभिन्न सामाजिक कार्यमा रकम सहयोग गदैर्आएको जानकारी दिइन्।
Related News
सम्बन्धित समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
वडामार्फत् भूमि सेवा दिने तयारी
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
hero news full width
मुख्य समाचार
फल इन लभ नै किन ?
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०प्रदेशको बजेट: बहुवर्षीय दायित्व बन्द गरौं, प्रोजेक्ट बैंक मोडलमा जाऔं
जेठ १२, २०८०आदर्श समाजकर्मीद्वय विजय र धन सम्मानित
जेठ १२, २०८०