पोखरा–३ मा ज्येष्ठ नागरिक सम्मान

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७६
Jestha Nagarik_Fotor

पोखरा, १४ वैशाख। पोखरा–३ का ज्येष्ठ नागरिकको सामूहिक सम्मान गरिएको छ।

वडा कार्यालय, नेपाल नेत्रज्योति संघ र ज्येष्ठ नागरिक सम्मान समितिले वडाका ७० वर्ष बढी उमेरका करिब एक सय २० जना ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

वडाध्यक्ष रवीन्द्र प्रजूले वयोवृद्ध राजकुमार भारी र शुभद्रादेवी उदासलाई सम्मान गर्दै कार्यक्रम उद्घाटन गरेका थिए।

कार्यक्रममा नाट्य तथा संगीत प्रतिष्ठानका प्राज्ञ प्रजापति पराजुली र प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सूर्य खड्का ‘विखर्ची’लाई पनि सम्मानित भए।

यस्तै, वडा सचिव सविता तामाङलाई सम्मानसहित बिदाइ तथा नयाँ सचिव मीना बराल पौडेलको स्वागत गरेको थियो।

कार्यक्रममा वडा अध्यक्ष प्रजूले आफ्नो वडाभित्र बालश्रम मुक्त गरिएको बताए। आफ्नो वडाभित्र कसैले बालबालिकाहरुलाई श्रममा लगाएको भेटेमा कानूनी कारबाही गरिने उल्लेख गरे।

कार्यक्रममा सम्मानित डा राधेश्याम कायस्थ, वडा सदस्य लक्ष्मी पराजुली, नेकपा प्रतितनिधि राजकुमारी भुजेल र राप्रपा प्रतिनिधि मोतिराम शाक्यलगायतले बोलेका थिए। वडाध्यक्ष रवीन्द्र प्रजूको अध्यक्षतामा भएको कार्यर्क्रममा नेत्रज्योति संघका अध्यक्ष नन्दु श्रेष्ठले स्वागत र सचिव सनकमान सिकेले संचालन गरेका थिए।

कार्यक्रममा १ सय ५० जनाको आँखा परीक्षण र उनीहरुलाई चस्मा एवं औषधि वितरण गरिएको सचिव सिकेले जानकारी दिए। उनका अनुसार १० जनाको मोतियाविन्दु शल्यक्रियाका लागि हिमालय आँखा अस्पतालमा रेफर गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width