ङ्योए तमु धिं लेखनाथको एम्बुलेन्स सेवा 

आदर्श समाज सम्वाददाता
वैशाख १२, २०७६
ambulane

लेखनाथ, ११ वैशाख। लेखनाथ नगर क्षेत्रलाई कार्यक्षेत्र बनाएर ङ्योए तमु धिं लेखनाथले भारत सरकार सहयोगमा संचालनमा ल्याएको एम्बुलेन्स उद्घाटन गरिएको छ।

भारतीय राजदूतावास सहयोगमा प्राप्त सो एम्वुलेन्सको भारतीय दूतावासका विकास साझेदारी परामर्शदाता डा प्रफुल्लाचन्द्र शर्माले उद्घाटन गरेका हुन्।

ङ्योए तमु धिं लेखनाथ कास्कीको लागि प्राप्त ग३च ११९ नम्वरको एम्बुलेन्सबाट पोखरा वडा २६ देखि ३३ सम्मका आठवटै वडाका जनतालाई सेवा दिने उद्देश्यले एम्वुलेन्स सेवा संचालन गरिएको हो।

ङ्योए तमु धिं लेखनाथ अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल भारतमैत्री समाजका अध्यक्ष प्रेम लस्करी, भारतीय पेन्सन क्याम्पका डा मेजर शिवनाथ, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, वडा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ र लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीले एम्वुलेन्स सेवाबाट सो क्षेत्रका जनता र भारतीय भूपू सैनिक तथा उनका परिवारको उपचारमा सहयोग पुग्ने विश्वास दिलाए।

सो अवसरमा ओखलढुङ्गा विपत् व्यवस्थापन समितिका महासचिव गुरु केदार बराल, समाजसेवी केशवमणि ओली, मानव अधिकार परिषदका केन्द्रिय अध्यक्ष तुलसी थापाले ङ्योए तमु धिं लेखनाथका लागि एक थान ह्वीचियर सहयोग गरेका थिए।

यस्तै, महात्मा गान्धी छात्रवृत्ति प्राप्त गर्न सफल अनिसा गुरुङ, मेरेना गुरुङ, विपिक गुरुङ र जोशिला गुरुङलाई सम्मान गरिएको थियो भने संस्था कोषाध्यक्ष काशीमाया गुरुङलाई पनि कामको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको हो।

उपमहासचिव चिनबहादुर गुरुङले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष काशीमाया गुरुङले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width