सामुदायिकमा पढ्ने विद्यार्थीलाई मासिक पाँच सय भत्ता

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७६
4488954844_20e12442d9_b

लमजुङ, ११ बैशाख । लमजुङको एक सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न मासिक रूपमा प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएपछि त्यस्तो नीति तय गरिएको विद्यालयले जनाएको छ ।

लमजुङको पूर्वी क्षेत्रमा रहेको दोर्दी गाउँपालिका– १ भारते स्थित महादेव आधारभुत विद्यालयले विद्यार्थीलाई आकर्षित गर्न जनही मासिक ५ सय रुपैयाँ भत्ता दिने निर्णय गरेको सो विद्यालयका प्रधानाध्यापक वेदप्रसाद अधिकारीले बताए । उनका अनुसार विद्यालयमा हरेक वर्ष विद्यार्थीको संख्या घट्न थालेपछि अभिभाभावक सहित बसेको विद्यालय ब्यवस्थापन समितिको बैठकले त्यस्तो निर्णय गरेको हो ।

विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थीलाई ‘हामीले विद्यार्थीलाई अत्याधुनिक तरिकाद्वारा अंग्रेजीमाध्यमबाट पढाएका छौं, तै पनि विद्यार्थी आउन छाडे ।’ प्रअ अधिकारीले भने ‘त्यसकारण हामीले यस्तो निर्णय गरेका हौं ।’ उनका अनुसार बिद्यार्थीलाई दिईने सो भत्तालाई दिवा खाजाको रूपमा प्रयोग गरिनेछ ।

अभिभावक भेलाले बिद्यालयमा कार्यरत शिक्षक, ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघको समितिमा रहने प्रत्येक ब्यक्तिले आफ्ना छोराछोरीले सामुदायिकमै पढाउने पर्ने निमय समेत पारित गरेको प्रधानाध्यापक अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्म विद्यालयको शिशु कक्षामा २६ जर्ना विद्यार्थी भर्ना भएका छन् ।

विद्यालयले उक्त अभियानको थालनी गरेसँगै बोर्डिङ पढ्न शहर गएका र शहरतर्फ झर्न तयारी गरेका केही अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई सोही सामुदायिक बिद्यालयमै भर्ना गरेका छन् । त्यसो त पछिल्ला वर्षमा गाउँघरमा बालबालिकाको संख्यानै निकै कम हुँदै गएको छ सो वडाका वडासदस्य दिपक अधिकारीले बताए । उनका अनुसार सामुदायिक विद्यालयमा विद्यार्थीहरूलाई आकर्षित गर्न दोर्दी गाउँपालिका– १ स्थित भारते गाउँमा रहेको वडा कार्यालयले बालबालिका लक्षित दिवा खाजा कार्यक्रम शुरु गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width