दिगो विकासमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण : मन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७६
Minister Kiran Gurung_Fotor

पोखरा, ३ वैशाख। गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विश्वबजारमा बढ्दै गएको जनशक्तिको मागबमोजिम विश्वविद्यालयले शिक्षा प्रदान गर्न सकेमात्र समृद्ध नेपालको आधार तय हुने बताएका छन्।

पृथ्वीनारायण क्याम्पस व्यवस्थापन संकायद्वारा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा मन्त्री गुरुङले सो कुरा बताएका हुन्। उनले दिगो विकासका लागि युवा तथा विद्यार्थीले आर्जन गरेको ज्ञान, सीप तथा क्षमता स्वदेशमै परिचालन हुन आवश्यक रहेको औल्याए।

उनले देशको नीति तथा योजना निर्माण, कार्यान्वयन, समीक्षा र विश्लेषणमा प्राध्यापकहरुको रचनात्मक भूमिका आवश्यक रहेको बताए। उनले पृथ्वीनारायण क्याम्पसको थप भौतिक तथा शैक्षिक विकासका लागि प्रदेश सरकारको तर्फबाट जस्तोसुकै सहयोग रहने बताए।

क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाले क्याम्पसले क्यूएए प्राप्त गर्नु ठूलो उपलब्धि भएको उल्लेख गर्दै क्याम्पसका लागि थप बजेट बिनियोजन गर्न आग्रह गरे।

सहायक क्याम्पस प्रमुख डा वीरबहादुर कार्कीले पृथ्वीनारायण क्याम्पसको कुल विद्यार्थीको झण्डै आधा हिस्सा व्यवस्थापनले ओगटेको बताउँदै श्रोत र साधनको बाँडफाँड गर्दा प्राथमिकता दिनुपर्ने बताए।

क्यालेण्डर प्रकाशन समिति संयोजक एवं क्षेत्रगत व्यवस्थापन विभागका विभागिय प्रमुख विष्णुप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन प्राध्यापक विश्वनाथ पौडेलले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • नवलपुरमा २५ सय हेक्टर वन सखाप

    रामकुमार श्रेष्ठ वैशाख १४, २०८१
    नवलपुर । नवलपुर जिल्लामा यस वर्ष १ सय बढी सामुदायमा आधारित वनमा आगलागी भएको छ । डिभिजन वन कार्यालय नवलपुरका…
  • गण्डकीमा डायलासिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । गण्डकीमा संविधान मिचेर मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै दायर गरिएको रिटको सुनुवाई  सपना प्रधान मल्ल र सारंगा सुवेदीको बेञ्चमा…

hero news full width