पौडी खेल्दाखेल्दै दुई युवा बेपत्ता

rss रासस
वैशाख २, २०७६

धम्बोजी, २ वैशाख । कर्णाली नदीको गेरुवा भङ्गालोमा पर्ने कोठीयाघाटमा पौडी खेल्ने क्रममा आइतबार साँझ दुई युवा बेपत्ता भएका छन् ।

बाँके कोहलपुरका दीपेन्द्र कार्की र कैलाली लम्कीका प्रज्ज्वल कोइराला पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । छ जना साथी मिलेर कोठीघाट घुम्ने क्रममा पौडी खेल्न गएको बेला नदीमा प्रज्ज्वल र दीपेन्द्र बेपत्ता भएको कोहलपुरका उनीहरुकै साथी राजेन्द्र शाहीले बताए। दुईजना नदीमा बेपत्ता भएको र बेपत्ताको खोजीकार्य प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए ।  उनका अनुसार खोजी कार्यका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका गोताखोर टोली परिचालन गरिएको छ ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

प्रजातन्त्र सेनानी सुवेदीको नागरिक अभिनन्दन

संचारकर्मी गिरी साधारण तारेखमा रिहा

दीगो विकासमा पानीको महत्व

जालमा परेर छ वटा गोही मरे

४५ अर्ब बराबरको औषधि कारोवार

प्रमुख समाचार

दीगो विकासमा पानीको महत्व

थप प्रमुख समाचार