पोखरा, १ वैशाख। तारकाङ–पोखरा सम्पर्क समाजले शनिवार नयाँ वर्ष–२०७६ सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम गरेको छ।
खानी तथा भूगर्भ विभाग महानिदेर्शक डा सोमनाथ सापकोटाले भित्तेपात्रो विमोचन गरेका हुन्। उनले आफ्नै गाउँबाट प्रकाशनमा ल्याइएको भित्तेपात्रो विमोचन गर्न पाएकोमा खुसी व्यक्त गरे।
माछापुच्छ्रे गाउँपालिकाका प्रशासकीय अधिकृत नारायण सापकोटाले आफ्नो आधि उमेर सरकारी सेवामा बाहिरी जिल्लामा बिताएर हालै सरुवा भई गृहजिल्ला कास्कीमा सेवा गर्न पाएकोमा खुसी व्यक्त गर्दै गाउँको विकासमा सहयोग पुर्याउने प्रतिबद्वता व्यक्त गरे।
कार्यक्रममा मादी गाउँपालिका–४ का अध्यक्ष सत्यराज सापकोटा, धु्रव माविका अध्यक्ष बुद्धिसागर सापकोटा, पूर्व अध्यक्ष नारायण सापकोटा, माछापुच्छ्रे बैंक गण्डकी प्रदेश इञ्चार्ज जय सापकोटा, रविकान्त सापकोटा, दामोदर सापकोटा, यमनाथ सापकोटा, विश्वराज सापकोटा, शिवराज सापकोटा, पुरुषोत्तम सापकोटा, दिनेश सापकोटा, गुरूप्रसाद सापकोटा लगायले नयाँ वर्षको शुभकामना मन्तब्य राखेका थिए।
उक्त अवसरमा समाजलाई विभिन्न तवरबाट सहयोग गरेवापत शिक्षासेवी एवं समाजसेवी बृहस्पति सापकोटालाई सम्मान गरिएको थियो।
समाजका अध्यक्ष बलराम सापकोटाको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो।
Related News
सम्बन्धित समाचार
शैक्षिक स्तरोन्नतिमा जोड
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
घर–घरमै वृद्ध भत्ता
पुतलीबजारमा हरित पुनरुत्थानबारे छलफल
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९