परिचय सहकारीको भित्तेपात्रो विमोचन

Avatar आदर्श समाज सम्वाददाता
वैशाख १, २०७६

पोखरा, १ वैशाख । पोखराको न्यूरोड स्थित परिचय बचत तथा ऋण सहकारी संस्थाले आइतवार आफ्नो ७ औं वार्षिकोत्सव भित्तेपात्रो विमोचन गरी मनाएको छ ।

सहकारीका अध्यक्ष दीपक तिमिल्सिनाले भित्ते पात्रो विमोचन गर्दै भित्तपात्रो प्रचार प्रसार र बजार प्रवद्र्धनको ससक्त माध्यम रहेको बताए । वर्षभरिको कार्यक्रमलाई लागू गर्ने क्यालेण्डरले सहज गर्ने वताउँदै यसलाई अनुसाशनको आधार पनि मान्नुपर्ने बताए ।

सहकारीका उपाध्यक्ष यदुनाथ बञ्जाराले सहकारीमा कार्यरत सम्पूर्ण कर्मचारीको मनोवल उच्च राख्ने गरी नीति निर्माण गरीने बताए । सहकारीका संचालक र कर्मचारीको लगनशीलता र इमान्दारिताले सहकारी र यसका सदस्यहरुको उन्नयन हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रमको संचालक सचिव वलराम वडालले गरेका थिए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

नागडाँडामा श्रवणकुमार शालिक

गण्डकीको बजेट ३२ अर्ब

विपद् जोखिमको प्रयोगात्मक अभ्यास

नैतिक शिक्षा सिकाउँदै नीलसागर

गण्डकीको बजेट खेल क्षेत्रलाई उपेक्षा

प्रमुख समाचार

एसइईको परीक्षाफल असार १५ गतेसम्म आउन सक्ने