लमजुङ, २९ चैत । लमजुङमा एक गैससले भूकम्प पीडितका लागि निर्मित २७ घर हस्तान्तरण गरेको छ । दोर्दी गाउँपालिकामा इन्टरनेश्नल नेपाल फेलोसिप (आइएनएफ)ले निर्माण गरिएका ती घर एक समारोहका वीच सम्बन्धित पीडितहरूलाई हस्तान्तरण गरिएको हो ।
आइएनएफले अपाङ्गता भएका १२ र अन्य असाहय परिवारका लागि भूकम्प प्रतिरोधी घर निर्माण गरेर हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा संघीय संसदको नेकपा दलका नेता देव गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, गैर सरकारी संस्था महासंघ लमजुङका अध्यक्ष प्रेमबहादुर भट्टराईले संयुक्त रूपमा सम्बद्ध व्यक्तिहरूलाई घर हस्तान्तरण गरेका थिए ।
संघीय संसदको नेकपा दलका नेता देव गुरुङले हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै निजी आवास पुनःनिर्माणकार्यमा ढिलाई भइरहेकाले पुनःनिर्माणकार्यलाई तीब्रता दिन सवै लाग्नुपर्नेमा उहाँले जोड दिए । भूकम्प प्रतिरोधी तथा अपांगतामैत्री घरहरू निर्माण गरेकोमा आइएनएफले अपाङ्गता तथा असाहयको घर निर्माण गरेकोमा धन्यवाद दिनुभएको थियो । यसैगरी, अन्य हस्तान्तरण कर्ताले उनीहरूले खास आयस्रोत नभएका वर्गका लागि भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गर्न सरकारका लागि सहयोग र सम्बद्ध परिवारका लागि खुशीको विषय भएको बताए । घर हस्तान्तरण कार्यक्रम दोर्दी गाउँपालिका– ४, नौथर शेरामा आयोजना गरिएको थियो ।
टियरफण्ड युकेको आर्थिक सहयोगमा सेल्टर परियोजना दोर्दीमार्फत नमुना अवास निर्माण भएको लमजुङस्थित परियोजना संयोजक दिनेश कुँवरले बताए । उनका अनुसार घर निर्माण गर्दा औसतमा प्रति घर ६ लाख ७७ हजार ४ सय ८३ रुपैँया खर्च भएको छ । नौथर, पाचोक र ढोडेनीमा ७÷७ वटा घर र भारते, अर्चलबोट, श्रीमन्ज्याङ, फलेनी, बन्सार र हिलेटक्सारमा एक÷एक घर निर्माण गरिएको उनले जानकारी दिए ।
आइएनएफ नेपालका सामुदायिक निर्देशक डा. बुद्धिबहादुर थापाले संस्थाले १२ जिल्लामा काम गरिहरेको जानकारी दिए । यसैगरी, आइएनएफका कास्की क्लस्टर संयोजक विष्णु गिरीले स्थानीयस्तरमा पाइने ढुंगा, माटो र काठबाट ती घरहरू निर्माण गरेको बताए ।
Related News
सम्बन्धित समाचार
नियुक्ति बदरमा अन्तरिम आदेश यथावत्
प्रेस युनियनलाई १ लाख सहयोग
गण्डकी : ८५ पालिकामध्ये ३ मा मात्रै महिला नेतृत्व
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९