हेमजा, २५ चैत। तेस्रो वीरेन स्मृति १३ औं बीटी कप उपाधि बी–१३, बाँझापाटनले जितेको छ। उसले ५७ टिमलाई पछि पार्दै उपाधिसहित १ लाख ३१ हजार १ सय ११ पुरस्कार हात पार्यो।
पोखरा–१, बगरस्थित बुद्धटोल युवा क्लबको आयोजनामा भएको सो प्रतियोगिताको सोमबार फाइनलमा तारा एफसीलाई २–१ गोलअन्तरले परातिज गर्दै बी–१३ ले उपाधि जितेको हो। जितका लागि शिव सुवेदीले २ गोलको योगदान दिए। तारा एफसीका सुशील तामाङले सान्त्वना गोल फर्काए।
उपविजेता ताराले ८१ हजार १ सय ११ रुपैयाँ पुरस्कार पायो।
खेल अवधिभर तारा एफसीका गोविन थापा उत्कृष्ट मिडफिल्डर, वी–१३ का सन्देश गुरुङ उत्कृष्ट गोलरक्षक, हरि गुरुङ उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ताको उपाधि रिलिजन एफसीका विजय श्रेष्ठले पाए।
प्रतियोगितामा बी–१३ का शिव सुवेदी म्यान अफ दी म्याच घोषित भए।
विजयीलाई प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पुरस्कार वितरण गरेका थिए। उनले खेलकुदको क्षेत्रमा क्लबको भूमिका महत्वपूर्ण रहँदै आएको चर्चा गर्दै सगरमाथा र बुद्घको देश भनी नेपाल चिनिएजस्तै खेलाडीको देश भनेर पनि चिनाउनुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रमको औचित्यमाथि क्लब सचिव रेशम सापकोटाले प्रकाश पारेका थिए।
त्यस्तै गायिका प्रीति आले तथा स्थानीय कलाकारले आ–आफ्ना प्रस्तुति राखेका थिए।
क्लब अध्यक्ष विजया गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रचारप्रसार संयोजक अमृत गुरुङ लामाले स्वागत तथा क्लब सदस्य सञ्चारकर्मीद्वय अस्मिता गुरुङ र अर्जुन परियारले संयुक्त संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
‘खेल्छ गण्डकी’ बाट महिला खेलाडी तयार गरिने
मेयर कपको उपाधि वडा नम्बर २ लाई
देश्ना चन्द कपमा ‘केआइइसी बुन’ च्याम्पियन
ठेलोमा पर्वतको वर्चश्व
कास्की जिल्ला बक्सिङ संघमा सुमन
hero news full width
मुख्य समाचार
गण्डकीमा सुरुङ मार्ग : काम हुँदैन, नीति कार्यक्रमबाट चर्चा बटुल्ने बाटो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत डुम्रे बजारका घर भत्काउन थालियो
जेठ २२, २०८०गण्डकीको नीति तथा कार्यक्रम : सानो थैली, महत्वाकांक्षी कार्यक्रम
जेठ २२, २०८०१५ मुर्रा राँगाबाट १ लाख भैँसीमा नश्ल सुधार गरिने
जेठ २१, २०८०नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न आदेश
जेठ २१, २०८०गण्डकी सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षालाई प्राथमिकता – हेर्नुहोस् पूर्ण पाठ
जेठ २१, २०८०