Worldlink ads

८४६ को स्वास्थ्य जाँच

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७५
health-camp

बागलुङ, २४ चैत । बागलुङ नगरपालिका– ८ मा संचालनमा ल्याइएको स्वासथ्य शिविरवाट ८४६ सर्वसाधारणले विभिन्न रोगको जाँच गरेका छन् ।

सिगाना स्वास्थ्य चौकी, सफल हस्पिटल र वागलुङ नगरपालिका–८ द्वारा शनिवार संचालित स्वास्थ्य शिविरवाट उक्त संख्याका सर्वसाधारणले स्वास्थ्य जाँच गरेका हुन् । एक दिने शिविरमा हाड तथा नशारोग, नाक, कान,घाटी, स्त्री तथा प्रसुति, दाँत, आँखा, फिजिसियन लगायतका चिकित्सकले स्वास्थ्य जाँच गरेका थिए ।

उक्त शिविरको प्रमुख अथिति बागलुङ नगरपालिका–९ का अध्यक्ष गणेश थापा रहेका थिए भने सभापतित्व वडा नं ८ का अध्यक्ष जीत वहादुर क्षत्रीले गरेका थिए । उक्त स्वासथ्य शिविरमा चिकित्सकहरु शैलेन्द्र विक, नवीन पौडेल, अजय पोखरेल, देवराज श्रेष्ठ, सरिता गुरुङ लगायतले स्वासथ्य जाँच गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width