अनलाइन पत्रकार संगठित

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७५
online journalist_Fotor

पोखरा, २३ चैत। पोखराका अनलाइन पत्रकार संगठित भएका छन्। शनिबार भएको भेलाले पोखरान्यूजडटकम सम्पादक गणेश बराल (ढाकामोहन) को अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ।

कार्यसमिति उपाध्यक्षमा सरिता तिम्सिना पंगेनी (पोखरापोष्ट), सचिव बालकुमारी पौडेल ‘तारा’ (सिटीपोखरा) सहसचिव नरहरि पौड्याल (शुभेच्छान्यूज) र कोषाध्यक्षमा सुनिल पाण्डे (नेपालदूत) रहेका छन्।

सदस्यमा नरमाया रसाइली (नेपालप्लसरेडियो), अश्विन दानी (गण्डकन्यूज), अरुण गिरी (जक्शन), रोहित बस्नेत (पोखराटुरिज्मज्यूज, सन्तोष बस्याल (परिचयनेटवर्क) र प्रल्हादचन्द्र घिमिरे (समाचारपाटी) चयन भए।

सल्लाहकारमा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, खेलकुद पत्रकार मञ्च पूर्व अध्यक्ष केशव पाठक, पत्रकार रामजीप्रसाद लम्साल, नेपाल फोटो पत्रकार महासंघ कास्की सचिव दुर्गाप्रसाद पौडेल, चलचित्र पत्रकार संघ कास्की अध्यक्ष रेम विक, पत्रकार सागरराज तिमिल्सिना र पत्रकार प्रकाश ढकाल रहेका छन्।

पोखरामा रहेर विधिवत दर्ता भएका अनलाइन समेटेर गठन भएको सो समितिले अनलाइनमा सक्रिय रुपमा आबद्ध सबै पत्रकार समेट्ने नवनिर्वाचित अध्यक्ष बरालले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • अक्सफोर्ड स्कुलमा अभिभावक भेला

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १३ बाँझापाटनस्थित अक्सफोर्ड स्कुलमा शनिबार अभिभावक भेला भएको छ । कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीका…
  • फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा १६ को समन्वय एवं आर्थिक सहयोगमा ग्रीन भ्याली बहुउद्देशीय सहकारीको आयोजनामा फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिएको छ ।…
  • वडामार्फत् भूमि सेवा दिने तयारी

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    हेमजा  । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित पालिकाको वडा तहबाटै भूमि (भू) सेवा उपलब्ध गराउने तयारीका साथ…
  • पोखरा १३ का उपलब्धि : सिपमूलक तालिमसँगै विकास निर्माण

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा। पोखरा महानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष किरण बराल नेतृत्वको टिमले निर्वाचित भएर आएपछि गरेका काम शनिबार सार्वजनिक गरेको…
  • पोखरा २६: वर्षदिनमा १ सय २९ योजना सम्पन्न

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । पोखरा २६ का निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकालको शनिबार समीक्षा गरेका छन् । २०७९ जेठ १३ गते पदस्थापन…

hero news full width