पोखरा, १९ चैत। लायन्स क्लब अफ पोखरा पिस होम लायन वर्ष २०१९/२० को अध्यक्षमा बबिता पराजुली निर्वाचित भएकी छन्।
विभिन्न पेशा व्यवसायमा आवद्ध महिलाहरु मात्र सदस्य भएको पोखरा पिस होमको निर्वाचनबाट पराजुलीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको क्लब संस्थापक अध्यक्ष कल्पना मल्लले जानकारी दिइन्। अध्यक्षमा निर्वाचित बबिता पराजुली कंगारु एजुकेशन फाउण्डेशन पोखरा शाखा निदेर्शक हुन्।
क्लब प्रथम उपाध्यक्षमा लक्ष्मी बास्तोला, सचिवमा विष्णु चापागाई, कोषाध्यक्षमा गंगा लामिछाने, मेम्बरसीप चेयरपर्सनमा कृष्णा श्रेष्ठ, एलसिआइअफ को–अर्डिनेटरमा गोमा काफ्ले, क्लब एड्मिस्टेटरमा सरस्वती गुरुङ, सर्भिस चेयरपर्सनमा माया केसी, माकेर्टिङ कम्युनिकेशन चेयरपर्सनमा शारदा बराल, टेमरमा सृजना खनाल र डाइरेक्टरमा पूनम गुरुङ, मञ्जु गुरुङ, शोभा भुजेल, अञ्जु मल्ल, सुधा थापा र अन्य सदस्य सर्वसम्मत निर्वाचित भएका हुन्।
कार्यक्रममा क्लब अध्यक्ष लक्ष्मी थापा, नवनिर्वाचित अध्यक्ष वविता पराजुली, संस्थापक अध्यक्ष कल्पना मल्ल, पूर्व अध्यक्ष सरिता हुमागाई, सचिव लक्ष्मी बास्तोला लगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा
प्याराग्लाइडिङमा सोलो उडान माग
पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
सिडेनका उम्मेदवार मत माग्दै पोखरामा
फेवाताल जलाधारको दिगो व्यवस्थापन कसरी ?
hero news full width
मुख्य समाचार
पर्यटकीय याममा पोखराको तयारी
उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१रवि लामिछानेविरुद्ध पोखरामा सहकारीपीडितको नाराबाजी
भाद्र २५, २०८१संरक्षण क्षेत्रमा पालिकाको नजर : एमक्यापमा शुल्क लिने चुमनुब्रीको निर्णय
भाद्र २५, २०८१