कास्की, १९ पाेखरा, गण्डकी मेडिकल कलेज ९जिएमसी० प्रकरणमा पक्राउ परेका कलेजका दुई कर्मचारी धरौटीमा रिहा भएका छन् ।
कलेजका प्रमुख प्रशासकीय अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मा जिल्ला अदालतको मागबमोजिम जनही रु १७ लाख बैंक जमानतमार्फत धरौटी रकम बुझाएर तारेखमा रिहा भएको अदालतका स्रेस्तेदार लोकनाथ पराजुलीले जानकारी दिए । आइतबार र सोमबारको बहसपछि जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको इजलासले उनीहरुलाई धरौटीमा छोड्न आदेश दिएको थियो । कलेजले तोकिएकोभन्दा बढी शुल्क असुलेर ठगी गरेको भन्दै फागुन २१ गते उनीहरुलगायत कलेजका ११ जनाविरुद्ध विद्यार्थीले जिल्ला प्रहरी कार्यालयमा ठगीको उजुरी दर्ता गराएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीले फागुन २२ गते खनाल र शर्मालाई पक्राउ गरेको थियो । कलेजका अध्यक्ष खुमाप्रसाद अर्याललगायत अन्य नौ जना सञ्चालक एवम् कर्मचारी अझसम्म पनि फरार रहेको प्रहरीले जनाएको छ । यसअघि अध्यक्ष अर्याललगायत छ जनाले पक्राउ पुर्जीविरुद्ध वारेसमार्फत उच्च अदालत पोखरामा निषेधाज्ञा समेतको अन्तरिम आदेशको माग गरी रिट दायर गरेकामा चैत १ गते अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
लेखनाथ महोत्सव तयारी तीव्र
hero news full width
मुख्य समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०