प्रेस युनियन कास्कीद्वारा सल्लाहाकार चयन

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७५
Nepal_Press_Union

पोखरा, १६ चैत्र । नेपाल प्रेस युनियन कास्कीले आठ सदस्य सल्लाहकार चयन गरेको छ ।

युनियका कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा शनिवार बसेको बैंठकले सल्लाहाकार चयन गरेको हो । रवीन्द्र वास्तोला, रमेश पौडेल, गंगाधर पराजुली, हेमराज बराल, शिरोमणि बराल, राज बहादुर गुरुङ, डा.बलराम उपाध्याय रेग्मी र तारा गौतम पाखेलाई चयन गरेको हो ।

साथै बैठकले आउँदै गरेको नेपाली नयाँ वर्ष २०७६ को लागि भित्तेपात्रो प्रकाशित गर्ने निर्णय गरेको छ ।भित्तेपात्रो प्रकाशनका लागि संस्थाका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाको संयोजकत्वमा तीन सदस्य समिति बनाइएको छ ।

समितिको सदस्यमा संविजय लम्साल, हरि पन्त, मधु अधिकारी र सपना अधिकारी रहेकोे सचिव प्रदीप पौडेलले जानकारी दिए ।बैंठकले युनियनका पदाधिकारी र सदस्यबाट मासिक एक सय रुपैया शुल्क उठाउँने निर्णय समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • सामुदायिक सेवा केन्द्र कालिकाको सचेतना कार्यक्रम

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    लेखनाथ । सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा कालिकाले लैंगिक हिंसाविरुद्ध सचेतना कार्यक्रम सोमबार सम्पन्न गरेको छ । पोखरा २८…
  • जलारी दुखेसो : आजसम्म थाहा छैन हामी को हौं ?

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८०
    पोखरा । पोखरा १८ खपौंदीका ९१ जलारी परिवार माछा व्यवसायमा निर्भर छन् । उनीहरूको आयआर्जनको स्रोत नै माछा हो ।…
  • ‘मोटरसाइकल भाडामा’ अंकित बोर्ड जफत

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८०
    पोखरा । पर्यटकीयस्थल लेकसाइडमा कानुनविपरीत मोटरसाइकल तथा स्कुटर भाडामा लगाउनेमाथि प्रहरीले निगरानी बढाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय र…
  • पर्यटन बसपार्क जिम्मा ए वानलाई

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०८०
    पोखरा । पोखराको राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्क सञ्चालनको जिम्मा एवान कन्स्ट्रक्सन, पोखराले पाएको छ । पोखरा उपत्यका नगर विकास…
  • पोखरामा मनाइयो अपांगता दिवस

    आदर्श समाज सम्वाददाता मंसिर १८, २०८०
    पोखरा । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने नारासहित यस वर्षको अपांगता…

hero news full width