खोलामा डुबेर एक युवक बेपत्ता

रासस
चैत्र १६, २०७५
Jholunge-Tamor-Khola

बेझाड, १६ चैत। तिनाउ खोलामा डुबेर एक युवक बेपत्ता भएका छन् ।

तिनाउ गाउँपालिका–३ हेडबक्स नजीकै खोलामा शुक्रवार पौडी खेल्ने क्रममा ४० वर्षीय पालुराम दाहाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घुम्न आएका चितवन खैरेनी नगरपालिका–२ का दाहाल पौडी खेल्न तिनाउ खोला गएका थिए । बेपत्ता दाहालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width