८० प्रतिशत स्टल बुकिङ

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७५
aalu mahusop photo_Fotor

हेमजा, १४ चैत। विष्णुपादुका क्लबको आयोजनामा चैत २२ देखि बैशाख १ गतेसम्म हुने १० औं राष्ट्रिय हेमजा आलु महोत्सवको लागि धमाधम स्टल बुकिङ जारी छ। बिहीवारसम्म ८० प्रतिशत स्टल बुकिङ भएको आयोजकले जनाएको छ।

महोत्सवमा ४० वटा कृषि प्रदर्शनीका स्टल, १५ वटा कृषि उत्पादन बिक्री वितरण स्टल, ३५ वटा व्यापारिक स्टल, १५ वटा आलु तथा कृषि उत्पादनका परिकार स्टल, दुई प्राथमिक उपचार, ५ बैकिङ कारोबार तथा ५ वटा मनोरञ्जन स्टल रहने मेला मूल आयोजक समितिका संयोजक कृष्ण खड्काले जानकारी दिए।

हालसम्म स्टल निर्माणको काम ६० प्रतिशत पूरा भएको छ भने पशुपति शर्मा, रामजी खाँड, सम्झना भण्डारी, राजु परियार लगायतका कलाकारका प्रस्तुति रहने तय भएको सांस्कृतिक उपसमिति संयोजक सूर्यबहादुर कुँवरले जानकारी दिए।

त्यस्तै महोत्सवमा सहयोग आउने क्रम जारी रहेको अर्थ संकलन समितिका संयोजक मदन थापाले जनाए। महोत्सव आकर्षणहरुमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता, पप कन्सर्ट, हास्य कलाकारहरुका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवम् प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायत रहेका छन्।

हेमजामा उत्पादित आलु तथा अन्य ताजा तरकारीको प्रदर्शन तथा प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउने, कोल्ड स्टोर्स निर्माण गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न समूहमा व्यावसायिक कृषि खेती सञ्चालन गर्न सहयोग तथा अभिप्रेरित गर्ने साथै क्लब भवन निर्माणमा पहल गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि  कार्यभार 

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा ।  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बागमती प्रदेश प्रमुखको कार्यभार पाएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन…
  • बराहडाँडा प्राविको भवन निर्माण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    दुलेगौंडा । रिच फर नेपालले शुक्लागण्डकी १२, बराहडाँडास्थित बराहडाँडा प्राविको भवन निर्माण गरेको छ । भवन निर्माणसँगै, शौचालय, पिउनेपानीका लागि…
  • कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा ।  नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति कार्यसम्पदान समितिको बैठक विभिन्न निर्णय सहित सम्पन्न भएको छ । पार्टीका गण्डकी प्रदेश…
  • गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    पोखरा । गण्डकी प्रदेश सभाका समितिहरु क्रियाशील हुन थालेका छन् । प्रदेश मामिला तथा कानुन समितिको बैठक बसेर सञ्चार विधेयकका…
  • ६० कर्मचारीलाई सेवाकालीन तालिम

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आयोजनामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीको सातौं ब्याचको सेवाकालीन तालिम सोमबार…

hero news full width