धादिङ, १४ चैत । अधिकाशं शिक्षक राजनीतिक दलको सिफारिसमा नियुक्त गरिएका छन्, प्रतिस्पर्धा बिना नै नियुक्त गरिएका शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने अवस्था रहदैन, तर तिनै शिक्षकले विद्यार्थीको पढाईमा खेलवाढ गरेपछि नागरिक समाजका प्रतिनिधिहरु नै विद्यालयको शिक्षा सुधारका लागि अनुगमनमा जुटेका छन् ।
धादिङ जिल्लाको नागरिक समाजको तर्फबाट सिद्वलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा अनुगमन गरेको हो ।
भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्था, शिक्षाको गुणस्तरका वारेमा अवलोकन गरिएको थियो । त्यसैगरी विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था र पाठ्यसामग्रीसहित पुस्तकालय र यसको प्रयोगबारे अवलोकन गरिएको थियो ।
विद्यार्थीको सिर्जनात्मक क्रियाकलाप प्रदर्शन गर्ने स्थान उपलब्धता र प्रयोगको अवस्था, खानेपानीको उपलब्धता कस्तो छ ? र पानीसहितको अपाङ्गमैत्री, छात्रामैत्री, सेनीटरी प्याड प्रयोग र डिस्पोजल गर्ने व्यवस्था कस्तो छ भनी अवलोकनमा अध्ययन गरिएको थियो ।
जवाफदेहिताअन्तर्गत वार्षिक कति दिन विद्यालय खुलेको, पठनपाठन भएको जम्मा दिन, वार्षिक बिदा, सरदर एक हप्तामा कति समय एउटा शिक्षकले अध्यापन गराउनुपर्ने, कक्षागत रूपमा सिकाइ उपलब्धि टाँस गरे÷नगरेको, कमजोर विद्यार्थीका लागि अतिरिक्त शिक्षण व्यवस्थाको अवस्था, पाठ्यपुस्तकको उपलब्धता, शैक्षिक कार्ययोजना निर्माण र कार्यान्वयन, गुनासो सुनुवाइको व्यवस्थालगायतका बारेमा स्थलगत अवलोकन गरी शिक्षकसँग छलफल गरिएको थियो ।
अनुगमनको अन्तमा विद्यालय सुधारको योजनाअनुसार कार्य गर्न विद्यालयका शिक्षक तथा अभिभावकलाई सुझाव दिइएको थियो । डेक नेपालको पारस्पारिक जवाफदेहिता परियोजनाअन्तर्गत गरिएको विद्यालय अनुगमन कार्यक्रममा गाँउपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, शिक्षा शाखा प्रमुख भुवन केसी, गाउँपालिका सल्लाहकार टङ्कनाथ तिमल्सिना र नागरिक समाजको तर्फबाट रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, नारी जागरण केन्द्रकी अध्यक्ष भगवती उप्रेती, दलित सेवा सङ्घका अध्यक्ष श्याम मगराती, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बेदबहादुर खाँण र पिजन खबरका सम्पादक गोमा थापाको सहभागिता रहेको थियो ।
जनप्रतिनिधिसहितको नागरिक समाजको अनुगमन टोलीले सिद्धलेक गाउँपालिकाको गोल्मारानी आधारभूत विद्यालय, जलेश्वरी माध्यमिक विद्यालय र मिन्दुका माध्यमिक विद्यालयको अनुगमन गरेको हो ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०