बाग्लुङका कृषकमाझ कृषक पाठशाला

Avatar आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७५
nepalese-coffee

बाग्लुङ, १२ चैत । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा ३ र ४ का कृषकको क्षमताअभिवृद्धि र ब्यवसायिक कृषिमा जोड दिन एक दिने कृषक पाठशाला कार्यक्रम सम्पन्न भएको छ ।

काक्रो, करेला, गिरौला, गोलभेँडा, लगायतका बालीको अध्ययन गरी ब्यवसायिक कृषि खेतीमा कृषकलाई प्रोत्साहित गर्ने उदेश्य रहेको छ ।

गाउँलाई कृषिमा आत्मनिर्भर बनाउन विभिन्न किसिमका कृषि तालिमको आयोजना गरिने जानकारी उक्त गाउँपालिकाका वडा नं ३ का अध्यक्ष लीलाबहादुर घर्तीले जानकारी दिए । पाठशाल कार्यक्रममा कृषक भोरु चन्दले स्वागत मन्तव्य गरेका थिए भने कृषक चिरञ्जीवी पौडेलले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads