फूटसल प्रतियोगिता सम्पन्न

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७५
54526067_364029570877070_6992974204119285760_o

पोखरा, ११ चैत । स्व. रोटरीयन कृष्ण थापाको स्मृतिमा रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

रोटरी, रोट्रयाक्ट र ईनरह्विल क्लवहरु बीचको भातृत्व बिकास गर्ने हेतुले सञ्चालन गरिएको यो प्रतियोगितामा रोट्रयाक्ट पुरुष तर्फ रोट्रयाक्ट क्लब  हेम्जा बिजयी भएको छ, भने दोस्रो स्थान रोट्रयाक्ट क्लब अफ पोखरा लेकसाइडले हासिल गरेको छ । त्यसैगरी रोट्रयाक्ट महिला तर्फ रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनले प्रथम स्थान एबम रोट्रयाक्ट क्लब अफ पोखरा फिसटेलले दोस्रो स्थान हासिल गरेको छ ।

रोटरी तर्फ रोटरी क्लब अफ पोखरा लेकसाइड बिजयी भएको थियो भने रोटरी क्लब अफ पोखरा मिडटाउनले दोस्रो स्थान प्राप्त गर्न सफल भएको थियो । रोटरी डिस्ट्रिक ३२९२ नेपाल भुटान रिजन ४ का रिजनल कमिटी चेयर रोटरीयन रबि प्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा रोट्रयाक्ट पुरुषतर्फ रोट्रयाक्ट क्लब अफ हेम्जाका रो. सुनिल तामाङले उत्कृष्ट खेलाडीको उपाधि हासिल गर्न सफल भएका थिए । त्यस्तै रोटरी तर्फ उत्कृष्ट खेलाडी रोटरी क्लब अफ पोखरा लेकसाइडका कप्तान रो. हुम आलेले हासील गरे भने रोट्रयाक्ट महिलातर्फ उत्कृष्ट खेलाडी रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनबाट रो. रुबिना कुँवर भएकी छिन ।

रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनको आयोजना र रोट्रयाक्ट क्लब अफ पोखरा एबम रोट्रयाक्ट क्लब अफ मणिपालको सह–आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा रोट्रयाक्ट पुरुषको बिजेता समुहले नगद पन्ध्र हजार पाँच सय पचपन्न, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । त्यस्तै उप बिजेताले नगद रुएघार हजार एक सय एघार ,शिल्ड, मेडल र प्रमाण पत्र हासिल गरेको थियो । त्यस्तै रोट्रयाक्ट महिला तर्फ बिजेताले नगद रु.एघार हजार एक सय एघार,शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरे र रोटरी बिजयी समुहले नगद पन्ध्र हजार पाँच सय पचपन्न,शिल्ड, मेडल र प्रमाण पत्र हासिल गरेका थिए ।

कार्यक्रमको समापन समारोहमा बोल्दै अध्यक्ष रो. अच्युत पौडेलले आयोजक क्लब र सह आयोजक क्लबका सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए । रोट्रयाक्ट पुरुषको ११ समुह , रोट्रयाक्ट महिलाको ५ समुह र रोटरीको ६ समुहको सहभागिता रहेको उक्त प्रतियोगितामा रोट्रयाक्ट डिस्ट्रिक ३२९२ नेपाल भुटानका एसिस्टेन्ट डिस्ट्रिक प्रतिनिधि रो. संजीव पौडेल र जोन ४ का जोनल रोट्रयाक्ट प्रतिनिधि रो. सुबास मल्लको बिशेष उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन जोन ४ का सचिब रो. प्रवेश गौतमले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश स्क्वास ‍¥याकेट संघमा रञ्जित

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । गण्डकी प्रदेश स्क्वास तथा ‍र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत निर्वाचित भएका छन् । संघको पोखरामा बिहीबार सम्पन्न…
  • खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । सहारा क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहकार्यमा ‘खेल्छ गण्डकी’ मार्फत् सहारा एकेडेमीमा सञ्चालन भएको १४…
  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…

hero news full width