म्याग्दी, ११ चैत । बेनी नगरपालिका–१० पात्लेखेतका एक परिवारले गाउँमा सामुदायिक भवन निर्माणका लागि करीब पाँच लाख मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।
पात्लेखेतका मोमाकुमारी मल्ल (भीमकुमारी)को परिवारले बेनी नगरपालिकाले बनाउन लागेको चार कोठे बहुउद्देश्यीय सामुदायिक भवनका लागि छ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।
भीमकुमारी, उहाँका छोरा भगवान र प्रताप तथा बुहारी निर्मला मल्लले आइतबार जिल्ला मालपोत कार्यालयबाट बेनी नगरपालिका–१० नम्बर वडा कार्यालयलाई जग्गा रजिष्टे«शन पास गरिदिएको कार्यवाहक वडाध्यक्ष लोकबहादुर पुनले जानकारी दिए ।
वडाध्यक्ष पुनका अनुसार मल्ल परिवारले उपलब्ध गराएको जग्गाको मूल्य करीब पाँच लाख अनुमान गरिएको छ । मल्ल परिवारले उपलब्ध गराएको जग्गामा बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा विनियोजन गरेको १७ लाख बजेटबाट सामुदायिक भवन निर्माण शुरु भएको छ ।
स्थानीय सिद्ध महिला विकास सहकारी, वन, कृषक समूह, युवा क्लबलगायत सामाजिक सङ्घ संस्थाको कार्यालयका लागि सामुदायिक भवन प्रयोग गरिने भएको छ । चालू आवभित्रनै एक तले भवन निर्माण सक्ने लक्ष्यसहित काम शुरु भएको कार्यवाहक वडाध्यक्ष पुनले बताए ।
Related News
सम्बन्धित समाचार
मुद्दा मिलाउने भन्दै १ करोड माग्ने पक्राउ
अनलाइन प्रणालीबारे थाहा नहुँदा श्रम कार्यालयमा भीड
पानी भए पो पँधेरो : रुपाका गाउँमा अझै खानेपानी समस्या
जिल्लाकै नमूना तथा परम्परागत आश्रम बनाउन भूमिका निर्वाह गर्ने छुः पूर्व मिस नेपाल खतिवडा
फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
hero news full width
मुख्य समाचार
संसद् बैठकमा सभामुखको लिखित मन्तव्य
ऋषि कट्टेलकाे नेकपा वैधानिक, अोली- दाहालकाे खाेरज
फागुन २३, २०७७घुम्ने कर्मचारीलाई महिनाभरिको तलब, आधा महिना छुट्टी
फागुन २३, २०७७सहिदका छोराछोरीलाई उच्च शिक्षाको चिन्ता
फागुन २३, २०७७यसरी शुरु हुँदै छ संसद
फागुन २२, २०७७पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
फागुन २२, २०७७