किरियापुत्री पनि एसइइमा

आदर्श समाज सम्वाददाता
चैत्र ११, २०७५

लमजुङ, १० चैत। लमजुङमा यस वर्षको एसइइ परीक्षामा एक किरिया पुत्रीले जाँच दिएका छन्।

२ हजार ९ सय ९२ जना परीक्षार्थीमध्ये ३२ जना अनुपस्थित भएका हुन्।

एसइइ परीक्षाका लागि जिल्लामा १८ स्थानमा परीक्षा केन्द्र तोकिएको र सबै केन्द्रमा मर्यादित र सौहार्दपूर्ण वातावरणमा पहिलो दिनको परीक्षा सम्पन्न भएको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख नारायण रेग्मीले बताए। उनका अनुसार यस वर्ष एक जना किरिया पुत्रीले समेत एसइइ परीक्षा दिएका छन्।

राम वैदिक संस्कृतिक गुरुकुल विद्यालय चितवन पिठुवाबाट फारम भरेका दरेश पौडेलले किरिया पुत्री हुनुपर्ने भएपछि गाउँमा आएर जिल्ला शिक्षा समन्वय ईकाईमा निवेदन दिई जिल्ला सदरमुकामस्थित जनविकास मावि परीक्षा केन्द्रमा एसइइ परीक्षा दिएका हुन्। उनले उक्त केन्द्रमा आफ्नो लागि पायक पर्ने उल्लेख गरेअनुसार उनका लागि परीक्षाको प्रवन्ध गरिएको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख रेग्मीले बताए।

‘उनका अनुसार उनी बेसीशहर नगरपालिका–७ निवासी हुन्। उनको घर र परीक्षा केन्द्रको दुरी करिब १५ मिनेटको रहेको बुझिएपछि त्यसको जानकारी हामीले माथि दियौं उनी संस्कृतका विद्यार्थी भएको हुँदा गाह्रो हुन्छ कि? भन्ने लागेको थियो तर त्यस्तो भएन। हामीले हिँजै प्रश्न पत्र पायौं र उनलाई जानकारी दिएका थियौं। ’ उनले ढुक्कले परीक्षामा सहभागी भएको रेग्मीको भनाई छ।

जिल्लामा यस वर्षको एसइइ परीक्षामा दुई हजार नौ सय ५९ जना परीक्षार्थी सहभागी भएका छन्। अनुस्थित हुने ३२ जना परीक्षार्थीमध्ये १५ जना छात्र र १७ जना छात्रा भएको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख रेग्मीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि  कार्यभार 

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा ।  गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बागमती प्रदेश प्रमुखको कार्यभार पाएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन…
  • बराहडाँडा प्राविको भवन निर्माण

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    दुलेगौंडा । रिच फर नेपालले शुक्लागण्डकी १२, बराहडाँडास्थित बराहडाँडा प्राविको भवन निर्माण गरेको छ । भवन निर्माणसँगै, शौचालय, पिउनेपानीका लागि…
  • कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा ।  नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति कार्यसम्पदान समितिको बैठक विभिन्न निर्णय सहित सम्पन्न भएको छ । पार्टीका गण्डकी प्रदेश…
  • गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत

    आदर्श समाज सम्वाददाता मंसिर १३, २०८०
    पोखरा । गण्डकी प्रदेश सभाका समितिहरु क्रियाशील हुन थालेका छन् । प्रदेश मामिला तथा कानुन समितिको बैठक बसेर सञ्चार विधेयकका…
  • ६० कर्मचारीलाई सेवाकालीन तालिम

    आदर्श समाज सम्वाददाता मंसिर १२, २०८०
    पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आयोजनामा संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तरका कर्मचारीको सातौं ब्याचको सेवाकालीन तालिम सोमबार…

hero news full width