पोखरा, ७ चैत।देशको विकासका लागि सुशासन आवश्यक रहेकोमा एक कार्यक्रमका वक्ताले जोड दिएका छन्।
कास्कीको रूपा गाउँपालिकामा आयोजित भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनमा जनप्रतिनिधिको दायित्व र भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन्।
भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था कास्की र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयद्वारा संयुक्त आयोजित उक्त कार्यक्रममा रुपा गाउँपालिकाका जनप्रतिनिधिको विशेष सहभागिता थियो।
कार्यक्रममा वरिष्ठ अधिवक्ता तिलक पराजुलीले राजनीतिकर्मी भ्रष्टाचार विरुद्धसचेत भई दिए अरु कसैले भ्रष्टाचार गर्ने आँटै गर्न नसक्ने बताए।
उनले नेताहरुले चाणक्यले राष्ट्रप्रति देखाएको इमानदारिताको सिको गर्नुपनेर्मा जोड दिँदै राजनीतिकर्मीको व्यवहारकै कारण संघीय व्यवस्थाप्रति जनतामा विश्वास गिर्दै आएको धारणा राखे।
प्रा.डा. वेदनाथ शर्माले सुशासनबारे जानकारी गराउँदै भ्रष्टाचारका प्रवृत्तिबारे उल्लेख गरे।
ओम विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जनप्रतिनिधिले योजना अनुरुप काम गर्नुपर्ने र गरेका खर्च पारदर्शी हुनुपर्ने बताए।
अख्तियार दुरुपयोग आयोग पोखराका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी रमेश ढकालले कतै भ्रष्टाचार भएको थाहा पाएमा टेलिफोन, इमेल तथा पत्र आदिबाट अख्तियारमा सहज रुपमा उजुरी गर्न सकिने उल्लेख गर्दै उजुरी नभए पनि अनुगमन वा निगरानी हुने गरेको बताए।
धन्यवाद ज्ञापन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज बरालले निर्वाचनमा टिकट पाएदेखि नै जनप्रतिनिधिलाई विभिन्न किसिमबाट भ्रष्टाचारमा फसाउने षडयन्त्र हुने गरेको अनुभव आफूलाई भएको जानकारी गराउँदै गाउँपालिकाको रकम दुरुपयोग हुन नदिन सचेत रहेको बताए।
साथै, उनले जनप्रतिनिधिलाई बुद्धिजीवी विज्ञको सुझाव आवश्यक रहेको धारणा राखे। नागरिक निगरानीका अध्यक्ष आनन्दराज मुल्मीले कार्यक्रममा सहजीकरण गरेका थिए।
Related News
सम्बन्धित समाचार
गल्याङमा छोरी जन्मे खातामा ५ हजार
गल्याङको समद्धिका लागि जिम्मेवार भएर लाग्नू : मेयर भट्टराई
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
गाउँमा सवा करोड लागतमा ३४५ धारा
वागलुङका २ विद्यालयमा आइसिटी कम्प्युटर ल्याब
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०