सीके राउतले खोले जनमत पार्टी

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०७५
ck-raute

पोखरा, ५ चैत । मधेस छुट्टै देश बनाउने भन्दै स्वतन्त्र मधेस गठबन्धन बनाएका चन्द्रकान्त (सिके) राउतले नयाँ दल गठन गरेका छन्।

सिरहाको लहानमा दुई दिने गठबन्धनको राष्ट्रिय परिषद् बैठकले नेपालको संविधानभित्र रहेर नयाँ पार्टी निर्माण गरी निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।

पार्टीको नाम जनमत पार्टी राखिएको छ। पार्टीमा ३५ सदस्यीय केन्द्रीत समिति रहने व्यवस्था गरेको छ। उक्त बैठकले अब पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि निर्णय गरेको छ। पार्टी आयोगमा दर्ता भएपछि केन्द्रीय समिति बढाइने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

Related News

सम्बन्धित समाचार

hero news full width