कलान्तरमा देश दुर्घटनामा फस्ने दावी

Avatar आदर्श समाज सम्वाददाता
फागुन २८, २०७५

बुटवल २८ फागुन । राप्रपाका अध्यक्ष कमल थापाले स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतसँग सरकारले गरेको सहमतिले देशलाई कालान्तरमा दुर्घटनामा फसाउने दाबी गरेका छन् ।

मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले मधेशमा सीके राउत पुग्दा भएको अखण्डताविरोधी नाराबाजी र स्वतन्त्र मधेसको झण्डा प्रयोग हुँदा सरकार मुकदर्शक बनेको आरोप लगाए ।

थापाले सहमति कसको शक्ति र प्रेरणाले भयो ? भन्दै प्रश्न समेत गरे । ‘देशमा सानै भएपनि विखण्डनकारी तत्व सल्बलाएको छ, सहमति आफैँमा विरोधाभाष,अमूर्त, विवादित र रहस्यमय छ’, तत्कालीन माओवादीपनि सानै थियो, यो मुद्दा बेलैमा नटुंग्याए कालान्तरमा द्वन्द्व हुनसक्छ ।

उनले विखण्डनको मुद्दा बोक्ने राउतलाई सरकारले कारबाही गर्नुपर्ने पनि बताए । नेपाल हिन्दुराष्ट्र बनाइछाड्ने भन्दै थापाले हिन्दुराज्यको पक्षमा देशभर जनलहर बढेको समेत दाबी गरे ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

आर्थिक विकासको अभियानमा जुटौं -राना

आरक्षण बचाउन आन्दोलन

प्रमुख समाचार

प्रधानमन्त्रीको कार्यभार पोखरेललाई

थप प्रमुख समाचार