सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा श्रेष्ठको उम्मेदवारी

एजेन्सी
फागुन २८, २०७५
lions_Fotor

पोखरा, २७ फागुन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं राष्ट्रिय महाविधेशनका लागि सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदमा ध्रुव श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।

डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले वैशाख १३ र १४ गते पोखरामा लायन्सको महाधिवेशन गर्ने गरी ‘कन्भेन्सन कल’ गरेसँगै लायन्समा चुनावी माहोल बढेको हो ।

डिष्ट्रिक्टको लायन वर्ष २०१८/१९ का डिष्ट्रिक्ट चिफ एडभाइजर समेत रहेका श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष हुन् ।

उनले केही दिन अघि काठमाडौं, पोखरा र मोफसलका लायनहरुसँग परामर्श गरेकोमा सोमबार मनोनयन दर्ता गरेका हुन् ।

यस अगाडि सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा हालका सिनियर एओजि विश्वेेश्वर आचार्यले मनोनयन दर्ता गरिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width