पोखरा वडा १० को भ्रमणटोली फर्कियो

एजेन्सी
फागुन २८, २०७५
rambazar_Fotor

पोखरा, २७ फागुन। पोखरा महानगरपालिका वडा समिति कार्यालय–१० का वडाका प्रतिनिधि तथा कर्मचारीले विभिन्न ठाउँको अवलोकन भ्रमण गरेका छन् ।

तीनदिनसम्म चितवन, नवलपरासी, लुम्बिनी, बुटवल, पाल्पाको अवलोकन गरिएको वडा सदस्य एवं अवलोकन भ्रमणका संयोजक सम्मरबहादुर श्रेष्ठले बताए । भ्रमण टोलीलाई वडा १० का वडाध्यक्ष राजकुमार गुरुङले अवलोकन भ्रमण अवधि थोरै भए पनि वडा विकास गराउन सहयोग पु¥याउने बताए ।

भ्रमण सदस्यमा वडा सदस्य श्रेष्ठसहित वडासचिव महेन्द्रबहादुर खवास समेत १३ जनाको टोली सहभागी थिए ।

टोलीले चितवन, नवलपरासीको सास्वत धाम, रेलमार्ग, लुम्बिनीको गौतम बुद्ध जन्मस्थल, बुटवलको मणिमुकुन्द सेन उद्यान पार्क, सिद्धबाबा मन्दिर, पाल्पाको श्रीनगर र रानीमहल अवलोकन गरेको हो ।

भ्रमणमा अन्य नगरपालिकाका वडाले गरेका विकासका कार्य र अन्य अफिसियल कामकाजमा सुधार गरी वडा विकासमा अझ अग्रसर हुनुपनेर्मा श्रेष्ठले बताए।

भ्रमण टोलीलाई तानसेन नगरपालिका कार्यालयका राजस्व विभाग अधिकृत मधुसुधन घिमिरेको सहयोगमा रानीमहल भ्रमणमा घिमिरेले पाल्पाको वडा र पोखराको वडाबीच भागिनी सम्बन्ध बनाउन पहल गर्ने बताए।

Related News

सम्बन्धित समाचार

hero news full width