पोखरा, २५ फागुन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
मञ्चको पोखरामा शनिबार सम्पन्न पहिलो अधिवेशनले एकराज गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
उनले अध्यक्षका प्रत्यासी दीननाथ बराललाई मात्र १ मतले पराजित गर्दै आगामी कार्यकालको लागि नेतृत्व सम्हालेका हुन् ।
४८ मत खसेकोमा विजयी गिरीले २४ र बरालले २३ मत प्राप्त गरे । १ मत बदर भएको निर्वाचन समिति सदस्य प्रकाश बरालले जानकारी दिए ।
यस्तै उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिवमा विजय नेपाल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा शशी पौडेल निर्विरोध भए । सदस्यमा खुलातर्फ उमेश पुन, नारायण शाही ठकुरी, रोशन अधिकारी, समावेशी महिलातर्फ कविता घर्तीमगर, आदिवासी जनजातिमा गीता रानामगर र दलितमा सुशील नेपाली विजयी भए ।
आदर्श समाज दैनिकका सहायक सम्पादक समेत रहेका नेपालको महासचिवमा एकमात्र उम्मेदवारी परेको थियो । उपाध्यक्षमा मनोनयन दिएका मन क्षेत्री, सचिवमा सुरज श्रेष्ठ र कोषाध्यक्षमा प्रभू अधिकारीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए । सदस्यमा ढाकामोहन बराल (गणेश) र हेमराज अधिकारीले मनोनयन फिर्ता गरे ।
रोचक के छ भने मञ्चको लगातार ३ अधिवेशनसम्म अध्यक्ष पद निर्वाचनमा मात्र १ मतअन्तर हुँदैआएको छ । यसअघि प्रेमनारायण न्यौपाने र केशव पाठक अध्यक्ष जित्दा प्रत्यासीसँग १ मतअन्तर परेको थियो ।
यसैबीच, निर्वाचित गिरीले आगामी दिनमा मञ्चलाई अझै बढाउन दत्तचित्त भै लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्षका प्रत्यासी बरालले नयाँ कार्यसमितिको सफलताको कामना गर्दै सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।
त्यसअघि प्रमुख अतिथि राखेप सदस्य राजेश गुरुङले अधिवेशन उद्घाटन गरेका थिए । अध्यक्षको आसनबाट मञ्च अध्यक्ष केशव पाठकले विगतको तुलनामा मञ्च बृहत् बन्दै गएको र यसले पोखरामा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड यहाँको थप चिनारी बनेको बताए । उनले कार्यकालमा सघाउने सम्पूर्णमा आभार व्यक्त गरे ।
यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा मञ्चले वेवसाइट लञ्च गरेको छ । www.nsjfgandaki.com तथा www.nsjfgandaki.org पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले लञ्च गरेका हुन् ।
पोखरा स्पोर्टस् लगायत महत्वपूर्ण इभेन्टका तस्वीर, भिडियो, कार्यसमिति तथा सदस्यको नामावली, प्रेस विज्ञप्ति, सूचना, प्रतिवेदन रहने छन् । साथै कसैले खेलसम्बन्धी समाचार पोष्ट गर्न सक्ने फिचर राखिएको महासचिव रञ्जन अधिकारीले जानकारी दिए ।
मञ्च उपाध्यक्ष दीननाथ बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासचिव रञ्जन अधिकारी संचालन गरेका थिए ।
बन्दसत्रले महासचिव अधिकारी र कोषाध्यक्ष विजय नेपालको कोषाध्यक्षको प्रतिवेदन पारित गर्यो । अधिवक्ता लीलाबल्लौ न्यौपाने संयोजक रहेको निर्वाचित समिति सदस्यमा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल र अधिवक्ता विष्णु अधिकारी थिए । २०५७ सालमा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च समन्वय समिति कास्की यस वर्ष गण्डकीको नाउँमा दर्ता भएको हो । अधिवेशनमा मञ्चका ५१ जना सदस्य प्रतिनिधि थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१