पोखरा, २४ फागुन । नेपाल मगर महिला संघ कास्कीको नवौ साधारण सभा तथा पोखरा महानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपाध्यक्ष झकबहादुर थापा मगरले अधिवेशसनको उद्घाटन गर्दै राज्यले समान अधिकारको कुरा गरे पनि पितृसत्तात्मक देश नेपालमा व्यावहारिक रुपमा महिलाहरु अधिकारबाट बन्चित हुनुपर्ने बाध्यता रहेको बताए ।
एक्काइसौं सताब्दीमा पनि महिलाले राज्यको अधिकार समानरुपले प्राप्त गर्न सकेका छैनन्, त्यसैले अधिकार प्राप्तिका लागि सबै महिला एकबद्ध भएर अगाडि वढ्नु पर्नेमा जोड दिए । नेपाल मगर महिला संघ केन्द्रीय सदस्य फूलकुमारी थापामगरले महिला संधैं घरभित्र सिमित नभई बाहिरी रुपमा क्रियाशील हुनु जरुरी रहेको बताए ।
नेपाल मगर संघ केन्द्रीय समितिका पूर्व उपाध्यक्ष श्याममाया पुनमगर, नेपाल मगर महिला संघ गण्डकी प्रदेशका कोषाध्यक्ष तुलसी थापामगर, नेपाल मगर संघ जिल्ला समितिका सदस्य जौमाया थापामगर, नेपाल मगर महिला संघ कास्कीका सल्लाहकार इन्दिरा थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारण सभामा सचिव ईश्वरी थापामगरले वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष दुर्गा सारु मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रा थापामगरले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्, भने सचिव इश्वरी रानामगरले सञ्चालन गरेकी थिइन् ।
१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित भेलाले ज्योति थापामगरको अध्यक्षतामा १२ सदस्यीय महानगरपालिका कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ति थापामगर, सचिवमा उषा रानामगर, सह–सचिवमा होमकला पुनमगर, कोषाध्यक्षमा टीका थापामगरलाई सर्वसम्मत चयन गरिएको छ । साथै सदस्यहरुमा शान्ति थापामगर, देउमाया पुनमगर, चन्द्राकुमारी थापामगर, बुद्धिसुबा थापामगर, पमकुमारी रानामगर, धनमाया पुनमगर र संगीता थापामगर रहेका छन् ।
Related News
सम्बन्धित समाचार
निर्माण व्यवसायी समितिमा शिव
पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव
पोखरा आदर्शमा वार्षिक खेलकुद
निशुल्क रक्त परीक्षण
स्रष्टा सम्मान तथा साक्षात्कार
hero news full width
मुख्य समाचार
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०