जनकपुरधाम,२४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का नेताहरुले हिन्दु राष्ट्रको पक्षमा चरणबद्व आन्दोलन गर्ने बताएका छन् । उनीहरुले मुलुकमा संवैधानिक राजतन्त्रको आवश्यता महशुस हुन थालेको समेत संकेत गरे ।
राप्रपा (संयुक्त) को प्रदेश २ स्तरीय भेलालाई बिहीबार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्षद्धय राणा र लोहनीले संसारको एक मात्र हिन्दु राष्ट्रलाई हटाएर कांग्रेस, कम्युनिष्टले नेपाली जनतासँग अन्याय गरेको बताए । ‘८१ प्रतिशतभन्दा बढी हिन्दु मान्ने राष्ट्रलाई धर्म निरपेक्ष बनाएर कांग्रेस, कम्युनिस्टले अन्याय गरेको छ’ पार्टी अध्यक्ष जबराले भने, ‘यो अन्यायविरुद्ध देशको कुना—कुनामा अभियान संचालन गर्ने भनाई उनको छ ।
अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको पहिचान नै हिन्दु राष्ट्र भएको बताउँदै यो पहिचानलाई मेटाउनु भनेको नेपाललाई मेटाउनु सरह भएको बताए । उनले हिन्दू राष्ट्रका लागि आफ्नो पार्टीले संघर्ष गर्ने बताए ।
बेलायत, जापान जस्ता शक्तिशाली मुलुकमा पनि राजा भएको भन्दै उनले ‘ शासनको लागि होइन, उपस्थितिका लागि राजतन्त्र चाहिन्छ ‘ ।
राप्रपा (सयुक्त)दुबै अध्यक्षले बर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको बताए । ‘केपी ओली नेतृत्वको सरकारले आफू मात्रै भ्रष्टाचार गरेन,’ जबराले भने, ‘भ्रष्टाचारलाई वडासम्म विकेन्द्रीकृत गरेको छ ।’
दुई तिहाइको शक्तिशाली सरकारले जनताले दिएका सुनौला अवसरलाई खेरा फालेर भ्रष्टाचारमा पल्केको उनले बताए । ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ’ उनले भने, ‘बुढीगण्डकी जलविद्युत आयोजना प्रतिस्पर्धा बिना एउटा ठेकेदार कम्पनीलाई दिएर भ्रष्टाचारको ठूलो उदाहरण पस्केको छ ।’
अर्का अध्यक्ष लोहनीले बर्तमान सरकार जे गरेर भएपनि पैसा कमाउने नीति लिएको दाबी गरे । ३३ किलो सुन र बाइडबडी भ्रष्टाचारमा प्रत्यक्ष रुपमा सरकार संलग्न रहेको भन्दै उनले भने, ‘न बाघ चाल, न बुद्वी चाल, अहिलेको सरकारले गोटी चालबाटै पैसा कुम्ल्याउनेमा ध्यान केन्द्रित गरेको छ ।’
Related News
सम्बन्धित समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०