काठमाण्डौ, २२ फागुन । लण्डनका बिभिन्न विमानस्थल र रेल स्टेशनहरुमा विष्फोटक पदार्थ फेला परेका छन् ।
हिथ्रो एयरपोर्ट, लण्डन एयरपोर्ट र वाटरलु स्टेशनमा विष्फोटक पदार्थ फेला परेका हुन् । प्रहरीले यी घटनाको जाँच सुरु गरेको छ ।
प्रहरीका अनुसार विष्फोटक सामाग्रीलाई ए—फोर आकारको खामभित्र राखिएको थियो । विष्फोटक पदार्थले कसैलाई क्षेति भने पुगेको छेन । प्रहरी अधिकारीहरुले विष्फोटक पदार्थले उडान र रेलको आवागमनमा पनि असर पुगेको छैन ।
लण्डनका मेयर सादिक खानले लण्डनलाई सुरक्षित बनाउन सहयोग गरेको भन्दै सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । यसअघि अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई पनि हुलाकमार्फत विष्फोटक पदार्थ पठाइएको थियो । यद्यपि उनीहरुको ठेगानामा पुग्नु अगावै प्रहरीले जफत गरेपछि सम्भावित क्षति टरेको थियो ।
तर, सीएनएन टेलिभिजन च्यानलको कार्यालयमा त्यस्तै शंकास्पद बस्तु पुगेपछि समाचार कक्ष नै खालि गराउनु परेको थियो ।
Related News
सम्बन्धित समाचार
महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन
टेक्सासमा नेपाली टिमबीच भलिबल
स्याङ्जाका विनोद एनआरएनए अमेरिकाको युवा संयोजक निर्वाचित
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०