खेल पर्यटनको प्रचुर सम्भावना : उपप्रमुख गुरुङ

Avatar एजेन्सी
फागुन २२, २०७५
Upa Mayor Manju Gurung Samman_Fotor

पूर्व फुटबल खेलाडी आनन्द रञ्जितलाई सम्मान गदै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ।

पूर्व फुटबल खेलाडी आनन्द रञ्जितलाई सम्मान गदै पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ।

पोखरा २१ फागुन। पोखरा महागनरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरालाई खेलकुद शहरको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी छन्। पोखरा महानगरपालिका वडा नम्वर १ ले आयोजना गरेको वडाभित्र रहेका टोलविकास संस्थाहरुवीच आयोजित दोश्रो वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले पोखरा खेल पर्यटनका लागि प्रचुर सम्भावना रहेको बताइन्। ‘पोखरा आफैमा पर्यटकीय शहर भएको र यहाँ खेल पर्यटनको सम्भावना छ।’

उनले पोखरा महागनरपालिकाले खेलकुद विकास ऐन पारित गरेको जानकारी दिदै खेलकुदका लागि सम्भब्यता अध्ययन र पूर्वाधार निर्माण गरिने बताइन्। पोखरालाई अन्तराष्ट्रियस्तरमा खेलकुदको माध्यमबाट पहिचान गराउने उपप्रमुख गुरुङको भनाई थियो।

गुरुङले खेलकुदले अनुशासित बनाउने र यूवालाई कुलतबाट टाढा राख्ने बताइन्। खेल मानिसको दैनिक जीवनमा आवश्यक रहेकोमा गुरुङको जोड थियो। महानगरका प्रमुख प्रशाकीय अधिकृत शेषनारायण पौडेलले खेलकुदको माध्यमबाट पोखरा महानगरको पहिचान बढाउन सकिने भएकाले महानगरले त्यसतर्फ ध्यान दिने बताए।

उनले खेलकुदले सवैलाई एकताको सूत्रमा बाँध्ने भएकाले यसको महत्व रहेको बताउदै वडाले गरेको प्रतियोगिताले खेलकुद क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे। वडा नम्वर १ का अध्यक्ष शारदा पराजुलीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य सहारा प्रधान र अभिमन्युविक्रम राणाले बोलेका थिए।

पूर्व खेलाडी रञ्जितलाई सम्मान

पूर्व खेलाडी आनन्द रञ्जितलाई पोखरामा सम्मान गरिएको छ। पोखरा महानगरपालिकाले मंगलबार वडाले आयोजना गरेको वडा अध्यक्ष कप सेभेन ए साइड फुटबल प्रतियोगितामा सम्मान गरिएको हो। फुटबल खेलको विकासमा पुर्याएको योगदानको कदर गदै वडाले सम्मान गरेको हो।

उनलाई पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले नगद १५ हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरिन। उनले २०३० सालबाट फुटलब खेल खेल्न सुरु गरेका थिए। सम्मानपछि बोल्दै उनले २०३० सालबाट टुँडिखेलबाटै फुटबल खेल्न सुरु गरेको बताए।

राष्ट्रियमा अध्ययन गर्दाबाटै खेल सुरु गरेको स्मरण गदै उनले टुँडिखेल मैदानलाई संरक्षण गर्न आग्रह गरे। ‘एघार जनाले खेल्न सुरु गरेको फुटबल आज ८ जनामा खेल्न थालिएको छ, त्यसैले यहाँको मैदानको सुरक्षाका लागि सवैलाई आग्रह गर्दछु।’

Related News

सम्बन्धित समाचार

    • भेट्रान फुटबलमा २८ टिम

      Avatar आदर्श समाज सम्वाददाता फागुन १९, २०७७
      पोखरा । चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन २४ बाट…
    • बिटी कपमा प्रिक्वाटरका खेल जारी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १९, २०७७
      पोखरा । ‘चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलका ७…
    • चितवन सुपर जनरल क्रिकेट लिगको सेमिफाइनलमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १९, २०७७
      पाेखरा । चितवन क्रिकेट क्लब पोखरा रंगशालामा जारी सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट लिग प्रतियोगितामा समूह ‘क’ बाट सेमिफाइनलमा…
    • श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुने

      rss रासस फागुन १९, २०७७
      दमौली । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय…
    • पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशि वृद्धि

      Avatar आदर्श समाज सम्वाददाता फागुन १७, २०७७
      पोखरा । पोखरा स्पोर्टस् अवार्डको पुरस्कार राशिमा वृद्धि भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्न लागेको पाँचौं…

    hero news full width

    sanil ads

    wordlink ads