हतियार सहित कास्कीको रुपावाट चार जना पक्राउ

रासस
फागुन २१, २०७५
IMG_0043

पोखरा, २१ फागुन । कास्कीको रुपमा गाउँपालिका—७ तालबेसी र सौर्यवासवाट प्रहरीले मंगलबार दुई थान १२ बोर राइफल र तीन थान भरुवा वन्दुक सहित चार जनालाई पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले वन्दुक सहित रुपा गाउँपालिका—७ घरभई हाल पोखरा—३० सिशुवा वस्ने ५५ बर्षीय नारायण बहादुर गुरुङ, रुपा गाउपाँलिका—७ तालबेसी बस्ने ४८ बर्षीय डिलबहादुर गुरुङ, रुपा गाउँपालिका—७ तिलखोरीया निवासी ४५ बर्षीय सुरेश गुरुङ र सोही स्थान निवासी ५४ बर्षीय मनबहादुर थापा मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका चारैजना उपर कास्की प्रहरीले अनुसन्धान सुरु गरेको कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width