काठमाडौं, १२ फागुन । नेपाली काँग्रेसका केन्द्रीय समिति बैठकसँगै आइतबार नेपाल विद्यार्थी संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा विरोध प्रदर्शन गर्ने भएको छ ।
उच्च तहका नेताहरुको अराजगक व्यवहार, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेका कारण खबरदारी स्वरुप नेविसंघले प्रदर्शन गर्न लागेको हो । प्रदर्शनको नेतृत्व नेविसंघ पूर्व उपाध्यक्ष ऋषिकेशजंग शाहले गर्ने बताइएको छ ।
कांग्रेसमा आत्मीयतासहितको एकता र आत्मअनुशासन सहितको सहकार्य आवश्यक छ, शाहले भने —आइतवारको प्रदर्शन मौन रहने छ ।
पटकपटक नेपाली कांग्रेसका नेताहरूमाथि आफ्नै केन्द्रीय कार्यालयमा भएको व्यवहार रोक्न र नेताहरूले एक आपसमा आक्षेप लगाउने कार्यलाई बन्द गर्न दबाव दिन यस खालको प्रदर्शनले मद्दत पुग्ने शाहको विश्वास छ । प्रदर्शनमा पार्टी भित्र अनुशासन कायम गरौं, अराजकतालाई नियन्त्रण गरौं, अन्तरघात गर्नेलाई कार्वाही गरौं जस्ता नारा लेखिएको ब्यानर प्रदर्शन गरिने भएको छ । नेविसंघको ११ औं महाधिवेशनबाट चुनिएको नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमिति भने भंग भइसकेको छ ।
Related News
सम्बन्धित समाचार
गिरिजाप्रसाद कोइरालाको स्मरण
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
मल बिउ माग्दै धर्ना
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९