पोखरा, ३ फागुन । नयाँशक्ति पार्टीका संयोजक डा. बावुराम भट्टराईले सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको मिलेमतोमा अरबौ रुपैयाँ भ्रष्टाचार भइरहेको बताएका छन् ।
असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रामा निस्केका डा. बाबुराम भट्टराईसँग शुक्रवार संसदीय पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता भट्टराईले भने— नेकपा र काँग्रेस मिलेमतोमा वाइडवडी खरिद, बुढीगण्डकी जलविद्युत, एनसेल कम्पनीको राजस्वमा अरबौ रुपैयाँ भ्रष्टाचार भएको छ ।
सार्वजनिक रुपमा भ्रष्टाचारका कुरा उठेपनि उनीहरुले यस्ता भ्रष्टाचारलाई गुपचुप राख्न प्रयत्न गर्ने र राख्न गरेको आरोप उनको छ, पछिल्लो समयमा एनसेल प्रकरणका वारेमा अदालतले कर उठाउनु भनि फैसला गरेको छ, यो सकरात्मक पाटो हो, उनले भने ।
एक बर्षको समयमा वर्तमान केपी नेतृत्व सरकारले न त शान्ति सुरक्षा नै दिन सक्यो, न समृद्धि, न भ्रष्टाचार नियन्त्रण नै गर्न सक्यो, उनले भने —वर्तमान सरकारले नीति तथा कार्यक्रम ल्याउने समयमा नै यो वजेट जनमूखि छैन रवजेटले समृद्धि दिन सक्दैन भनी मैले प्रतिक्रिया दिएको थिए । सामान्य रुपमा बनेको सरकार हैन, दुई तिहाइृको सरकारले तीव्र आर्थिक विकास, समृद्धि र भौतिक पूर्बाधार तथा सामाजिक क्षेत्रमा कुनै योगदान दिन नसकेको उनको आरोप छ ।
भ्रष्टाचार ठूलो मात्रामा हुन थाल्यो, नियन्त्रण गर्ने जिम्मेवारी लिएका संस्थालाई नै हस्तक्षेप र कमजोर पार्ने काम राजनीतिक पाटीृले गरेका छन्, नेता भट्टराईले भने । देशमा एक दर्जन मुठ्ठीभरका कमिशन खोरले जुनसुकै दलको सरकारलाई प्रभावमा पारेर सक्रिय हुने गरेको र उनीहरुकै हातमा देशको अर्थतन्त्र हुने गरेको आरोप उनको छ ।
निर्मला पन्त हत्या काण्डको छानविन कार्यमा सरकारले पूर्ण रुपमा बेवास्ता गरेको छ, नेता भट्टराईले भने— हत्या भएको समय महिनौ पुग्दा समेत हत्यामा सम्लग्न व्यक्ति पत्ता लगाउन नसक्क्नु सरकारको लज्जास्पद कुरा हो ।
विश्वमा अत्यन्त न्यून अर्थात वार्षिक प्रतिव्यक्ति आयश्रोत एक हजार डलर भएका देश २८ वटा छन् ती मध्ये नेपाल २५ औ नम्वरमा पर्छ, नेता भट्टराईले भने— विश्वमा प्रतिव्यक्ति वार्षिक आयश्रोत दश हजार डलर छ, नेपालमा एक हजार रुपैयाँमा छ, मान्नुहोस् नेपालले अव तीव्र गतिमा आर्थिक विकास गर्नुको विकल्प छैन ।
दुई छिमेकी मूलुक चीन र भारतमा तीव्र रुपमा आर्थिक विकास हुदा नेपाल सामान्य रुपको विकास निर्माणमा पनि अगाडि वढ्न सकेको छैन, उनले भने —राजनीतिक स्थिरतासँग राज्यले तीव्र गतिको विकास रणनीति निर्माण गरी अगाडि वढ्नुको विकल्प छैन । विकासमा दुई सय बर्ष हामी पछाडीपरेका छौ, अव नेपालको विकास तीव्र गतिमा अगाडि वढाउन जरुरी छ, सरकार निजीक्षेत्रसँग मिलेर अगाडि वढेमात्र आर्थिक समृद्धि अगाडि वढाउन सकिन्छ , उनले भने ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
कांग्रेसको निर्णय : प्रचण्डलाई विश्वासको मत दिने, सरकारमा सहभागी हुने
hero news full width
मुख्य समाचार
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९गण्डकीका मन्त्रीहरुको सम्पत्ति विवरण ‘कमिङ सून’
चैत्र ५, २०७९आविष्कारमा अब्बल अभिनाश
चैत्र ४, २०७९