पोखरा, १ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सामन्तवादका अवशेष समाप्त पार्न अझै केही समय कुर्नुपर्ने बताएका छन् ।
माओवादी जनयुद्धको २४ औ बार्षिक उत्सवको अवसरमा बुधवार नेकपा कास्कीद्धारा यहाँ आयोजित शुभकामना आदान —प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भने—बुलेट र ब्यालेटवाट राजा हटायौ, अव शान्तिपूर्ण रुपवाट नै सामन्तवादका अवशेष हट्दै जाने छन् ।
ब्यालेवाट नै संविधान सभा र संघीयता अनुसार तीनै तहका निर्वाचन सम्पन्न ग¥यौ, नयाँ संविधान बन्यो उनले भने— सामन्तवादको अन्त्य भएपछि जनवादी व्यवस्था सुदृढ हुदै जान्छ । अहिले वनेका सरकार अघिल्ला सरकारको जस्तो निरन्तरता हैन, हामीले जनवादी सरकार स्थापित गरिसकेका छौ, अब जनतामा विस्तारै आर्थिक समृद्धि आउछ, उनीहरुको जीवनस्तरमा परिवर्तन आउन सुरु हुन्छ ।
नेपालमा जनवादी व्यवस्था सुदृढ र सामाथ्र्यका साथ समृद्धितर्फ अगाडि वढ्न जरुरी छ, जनयुद्ध र शान्तिपूर्ण रुपवाट क्रान्ति गरेर आएका दुई कम्युनिष्टवीच शक्तिसन्तुलन गरी एक पार्टी भएको छ, उनले भने—अव शान्ति र संविधानको माध्यमवाट नै कम्युनिष्ट अगाडि वढ्न सक्ने भएको छ ।
माओवादीले पनि धेरैकुरा सोँच विचार गरेर शान्ति प्रक्रियावाट नै राजनीतिक परिवर्तनको वाटो रोजेर आएको हो, जनताको चाहना अनुसार राम्रो काम गर्न सक्यौभने चार बर्षपछि कम्युनिष्ट झन ठुलो पार्टी वन्ने दावि गर्दै मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले भने—सत्यनिरुपण तथा मेलमिलाप आयोगवाट पनि द्धन्द्धमा भएका सम्पुर्ण घटनालाइृ टुङ्गोमा पु¥याएरढिला गर्न हुदैन ।
संघले प्रदेश र स्थानीय तहलाई निशेष गरेर अगाडि वढेको प्रति मुख्यमनत्री पृथ्वीसुब्वा गुरुङले आपक्ति प्रकट गर्दैै तीनै तहका सरकार देश भित्रकै सरकार भएकाले निशेषको राजनीतिक नगर्न उनले संघ सरकारलाई आग्रह गरे ।
नेकपाका नेता तथा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले नेकपा भित्रको गुटवन्दी हट्नु पर्छ, अव कुनै पनि कार्यकर्ता एक कुनै गुटको पछि लागेर नेताको दौरा सुरुवालको फेरो नसमाउने वताए । गुटवन्दी पाटीका कार्यकर्तालाइृ मान्य हुदेन नेता अधिकारीले भने — गुटवन्दी त्यागेर पाटीृ एक वनाउने तर्फ शिर्ष नेता लाग्नुको विकल्प छेन । २०५२ फागुन १ गतेबाट जनयुद्ध सुरु गरेको सशस्त्र संघर्ष १० वर्षसम्म सञ्चालन भएको थियो
Related News
सम्बन्धित समाचार
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन
कांग्रेसको अन्नपूर्ण गाउँपालिका सम्मेलन
फेदीखोलामा ‘नवीन राप्रपा’
‘दोष संविधानको हैन, सरकारको’
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०मुख्यमन्त्री–अमेरिकी उपविदेश मन्त्री भेट
असाेज ११, २०८०