पोखरा, २३ माघ । पोखरामा जारी यु–१८ डिभिजन–५ आइटीएफ टेनिस प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ प्रि–क्वाटरफाइनल खेल सम्पन्न भएका छन्।
पुरुष एकलमा शीर्ष वरियताका खेलाडी फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाले जर्मनका पउल अर्मिनलाई ७–५, ६–१ सेटमा पराजित गरे।
जापानका जेनी इनोउले प्रभावशाली खेल प्रस्तुत गर्दै भारतका अनमोल जैन पंकजलाई पराजित गरे। उनले जैनलाई ६–०, ६–२ को सहज सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाए।
भारतका अनुराग अग्रवालले जापानका ताकुमी वातानावेलाई ६–१, ६–२, भारतकै इशान सेठीले चाइनाका जिछुन लीलाई ६–४, ६–३, भारतकै दीपेन्द्र अग्रवालले कोरियाका जुविन किमलाई ६–३, ६–२, भारतकै उदयवीर सिंहले चाइनाका चेन लियाङलाई ६–१, ६–३, हङकङका केल लोल इन ताङ्ले भारतका आदित्य बरदान राय चौधरीलाई ६–१, ६–३, जापानका किजु मियाकेले भारतका जेराल यासिनलाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे।
महिला एकलतर्फ चाइनाकी ले यि लियुले भारतकी श्रृष्टि धीरलाई ६–२, ६–०, भारतकी रेन्नी सिंग्लाले नेपालकी अभिलाषा विष्टलाई ६–१, ६–२, भारतकै रिया बोभेजाले भारतकै अमिक किरन बाथलाई ६–३, ६–१, बुलगेरियाकी भिक्टोरिया भेलेभाले जापानकी जुलिया दैया बादेर्नलाई ६–३, ६–२, कोरियाकी जुमिन को’ले चाइनाकी जियु झाङ्लाई ६–३, ५–७ र ६–४, चाइनाकी इटोङ झाङले ताइवानकी लि सिन लिनलाई ६–२, ६–० तथा चाइनाकी जिछुवन जेङले श्रीलंकाकी अञ्जलिका कुरेरालाई ३–६, ६–२ र ६–४ ले पराजित गर्दै क्वाटरफाइनल पुगे ।
पुरुषको डबल्समा भारतका उदयवीर सिंह र फिलिपिन्सका जोसे एन्टिनियो ट्रियाको जोडीले चाइनाका जिछुवान लि र चेन लियाङको जोडीलाई ६–४, ६–४ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे ।
महिलातर्फ केरियाकी जुमिन कोङ र ताइवानकी लि सिन लिनको जोडीले नेपालका प्रेरणा कोइराला र सलोनी तामाङ जोडीमाथि ६–१, ३–६ र सुपरटाईमा १०–४ ले पराजित गर्दै अन्तिम चार पुगे।
यस्तै, चाइनाका युजुन लुओ र जियु झाङको जोडीले नेपालका एनी माथेमा र भारतका बन्हि पाञ्चालको जोडीलाई ६–२, ६–१ सेटमा पराजित गरे।
बिहीबार पुरुष तथा महिला एकलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेल हुने आइटीएफ प्रतिनिधि प्रविण नायकले जानकारी दिए।
अन्तराष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा जारी प्रतियोगिता फागुन ४ सम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
स्पोर्टस् अवार्डलाई भूपू खेलाडीको सहयोग
पोखरा स्पोर्टस् अवार्डलाई तमु धिं युकेको एक लाख
छैटौं पोखरा स्पोर्टस् अवार्डको नोमिनेसन सार्वजनिक
स्पोर्टस् अवार्डलाई सहाराको सहयोग
hero news full width
मुख्य समाचार
संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
असार १५, २०७९बूढीगण्डकी कम्पनी मोडलमा बनाउने सरकारी निर्णय
असार १५, २०७९लाम्पाटा–दरबाङ सडक आयोजना अलपत्र
असार १५, २०७९जनताको प्राथमिकता सडक नै हुँदो रहेछ : देवीजंग गुरुङ
असार १४, २०७९