नारी उत्थानद्वारा फुस्रेखोलामा सरसफाइ

Avatar एजेन्सी
माघ २०, २०७५
nari_Fotor

पोखरा, १९ माघ । नारी उत्थान दिदी बहिनी समूह, पोखरा–१७ को पहलमा शनिबार फुस्रेखोलामा सरसफाइ गरिएको छ ।

पोखरा वडा १७, २१ र २२ को संगम फुस्रेखोलाका खाल्से, पीपलडाली, बाक्रे, भत्भते र घट्टेखोला लगायत स्थनामा केन्द्रित रही सरसफाइ कार्यक्रम गरिएको थियो।

स्थानीयबासी र बेलघारी क्षेत्रका कतिपय घरका कपडा धुने, फोहर फाल्ने, खोलामा मूलदेखिकै फोहोर बगेर आउने र पशुआहाल खेल्ने हुँदा खोलामा फोहर थुप्रिएको थियो।

आसपासका बस्तीमा दुर्गन्ध फैलिन नदिन, सरसफाइमा स्थानीयबासीलाई सचेत गराउन तथा प्रकृतिलाई शोभायमान बनाइराख्न समूहले सो सरसफाइ कार्यक्रमको आयोजना गरेको हो।

महानगरकी बोर्ड सदस्य राधिका शाही योगी, वरिष्ठ समाजसेवी झपिन्द्रराज रेग्मी, बेलघारी टोल विकास संस्थाका अध्यक्ष वेदप्रसाद सुवेदी,  फुस्रेखोला टोल विकास संस्थाका अध्यक्ष पूर्णदीप सिग्देल लगायत १ सय जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रमबाट महानगरका ३ गाडी भरिने फोहर निकालिएको थियो।

वडा १७ कि सदस्य एवं महानगरकी बोर्ड सदस्य योगीले प्राप्त सामग्री समूहकी अध्यक्ष सरिता घिमिरेलाई हस्तान्तरण गर्दै नारी उत्थानका यस्ता कार्यले समाज समुन्नत बन्न मद्दत पुग्ने बताइन।

समूह अध्यक्ष सरिता घिमिरेले सहभागिताको लागि सबैलाई धन्यवाद दिँदै समूहले सामाजिक हितका कार्य गर्न कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

फोहर व्यवस्थापनका सामग्री र फोहर उठाउने गाडीको व्यवस्था महानगरमार्फत सूचना अधिकृत गंगालाल सुवेदीले गरेका थिए भने वरिष्ठ समाजसेवी झपिन्द्रराज रेग्मीले आर्थिक सहयोग गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २८, २०७८
      काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी…
    • पोखरामा रोटरी क्लबको अक्सिजन बैंक

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २७, २०७८
      पोखरा । कोरोना महामारीमा संक्रमितको उपचारमा सहयोग पु¥याउन पोखराका ७ रोटरी क्लबले अक्सिजन बैंक स्थापना गरेका छन् । गण्डकी अटो मेकानिकल…
    • संक्रमितलाई अक्सिजनको भर

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ वैशाख २६, २०७८
      प्रदेश मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल कोरोना संक्रमित बिरामीले भरिइसक्यो । केही दिनअघि १० जना कोरोनामुक्त भएपछि नयाँ भर्ना…
    • पर्यटन क्षेत्रलाई संकटग्रस्त घोषणा गर्न व्यवसायीको माग   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २५, २०७८
      पोखरा । कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न…
    • लकडाउनले २ सय पर्यटक थुनिए

      prakash dhakal प्रकाश ढकाल वैशाख २५, २०७८
      पोखरा  । दोस्रो लहरको कोरोना त्रासबाट जोगिन सरकारले घोषणा गरेको निषेधाज्ञाका कारण पोखरा र आसपासका पर्यटकीय क्षेत्रमा २ सय हाराहारी…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post