स्रष्टा सम्मान गर्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङ। तस्वीर : आदर्श समाज
पोखरा, १५ माघ। हिमाली सांस्कृतिक परिवारले स्रष्टाहरु दानबहादुर गुरुङ र क्षेत्रबहादुर गुरुङलाई सम्मान गरेको छ।
परिवारको २२ औं वार्षिकोत्सव अवसरमा लोकगायक क्षेत्रबहादुर गुरुङलाई नर–चेतन स्मृति पुरस्कार र कलाकार दानबहादुर गुरुङलाई रुद्रबहादुर थापा ‘रुपेनबाबु’ स्मृति पुरस्कार प्रदान गरेको हो।
परिवारमा आबद्ध कलाकार नृत्य निदेर्शक सनबहादुर गुरुङ र वाद्यवादक माधव गुरुङलाई परिवारद्वारा नगद ५ हजार र प्रशंसापत्रद्वारा सम्मान गर्यो। त्यस्तै, समाजसेवी नारायण गुरुङलाई समेत प्रशंसापत्रद्वारा सम्मान गर्यो।
प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले उनीहरुलाई सम्मान गरेका हुन्। नर–चेतन स्मृति पुरस्कार राशि २५ हजार र रुद्रबहादुर थापा ‘रुपेनबाबु’ स्मृति पुरस्कार राशि १० हजार साथमा दोसल्ला र सम्मानपत्र थियो।
कार्यक्रममा उपकुलपति डा गुरुङले नेपालको लोक संस्कृति समन्वयात्मक रहेको बताए। यहाँको लोक संस्कृतिले नेपालीहरुलाई अलग हुन नदिएको प्राज्ञ गुरुङले प्रष्ट पारे। उनले भने, ‘नेपाली लोक संस्कृतिले सबै नेपालीलाई एक ठाउँमा बाँधेर राखेको छ।’
कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी चेतन कार्की, संचारकर्मी प्रकाश सायमी, सम्मानित व्यक्तित्व क्षेत्रबहादुर गुरुङ लगायतले बोलेका थिए।
परिवारका प्रमुख संरक्षक चेतन कार्की र संरक्षक नरबहादुर शेरचनलाई परिवारले सम्मान गरेको थियो। शिक्षाविद् जर्ज जोनले संरक्षकद्वयलाई फेटा लगाउँदै दुबोको माला लगाएर सम्मान गरेका हुन्।
यस्तै, परिवारलाई सहयोग गर्ने सहयोगदाता तमुधिं युकेका अध्यक्ष नन्दजंग गुरुङ, तमु प्येल्हु संघ युकेका अध्यक्ष मेजर खुसीमान गुरुङ र तमुधिं अमेरिकाका अध्यक्ष डम्मरजंग गुरुङलाई सम्मान गरिएको थियो।
त्यस्तै, परिवारप्रति सहयोग पुर्याउँदै आएका सहयोगी दानबहादुर श्रीष, बाबुराम गिरी, विना गुरुङ, राजु गुरुङ, राजु कार्की, राजकुमार भण्डारी, गंगामोहन गुरुङ, कमला गुरुङ र पुरण गुरुङलाई सम्मान गरियो ।
परिवारका प्रमुख संरक्षक चेतन कार्की र संरक्षक नरबहादुर शेरचनले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन्।
हिमाली सांस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले स्वागत र सचिव श्रीजंग गुरुङले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन
सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा
अनुगमनमा ३ पसललाई कारबाही
भूपू सैनिक सहकारीको सभा
लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु
hero news full width
मुख्य समाचार
प्रधानमन्त्रीको चीन भ्रमण : पोखरामा सोझै उडान, कोरला नाका खोल्ने
एमालेले टुंग्यायो प्रदेशमा भोट हाल्ने प्रतिनिधि, पृथ्वीसुब्बा र खगराजमध्ये कसको प्यानल बलियो ?
असाेज १३, २०८०सोह्र श्राद्धमा टोल टोलमा गौमुत्र
असाेज १२, २०८०प्रश्नहरुको घेरामा मुख्यमन्त्री, सांसदको चासो ७२ करोडमा
असाेज १२, २०८०गण्डकीमा बिमाको पहुँच निकै कम
असाेज १२, २०८०पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन
असाेज १२, २०८०