पोखरा, १२ माघ। बगर भाइखलकले आयोजना गरेको आठौं रञ्जित गुरुङ स्मृति बगर भाइ खलक एट–ए–साइड भेट्रान फुटबल प्रतियोगिता उपाधि अमरसिंह ब्याइज क्लब (एबीसी) ले जितेको छ।
शनिबार फाइनलमा भारतको पाहुना टोली कोलकत्ता भेट्रानलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उसले उपाधि उचालेको हो।
निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा कोलकत्ताका खेलाडी आलोक दे को प्रहार बारमा ठोक्किँदा एबिसी भाग्यमानी बन्यो । विजेताले १ लाख र उपविजेताले ५० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
यसअघि, एबिसीले २०६८ देखि २०६९ सम्म लगातार जित हासिल गर्दै उपाधि माथि नै कब्जा जमाएको थियो।
शनिबार नै भएके सेमिफाइनलमा एबिसीले चावहिल काठमाडौंलाई टाइब्रेकरमा ३–२ र कोलकत्ता भेट्रानले एक्स पोखरा भेट्रानलाई ४–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए।
प्रतियोगितामा एबीसीका सञ्जय गुरुङ सवोर्त्कृष्ट खेलाडी घोषित भए। सवोर्त्कृष्ट गोलरक्षकमा एबीसीका रविन शाही, कोलकत्ताका शाहिक सिकन्दर सवोर्त्कृष्ट डिफेण्डर घोषित भए। उनीहरुले जनही ५ हजारसहित ट्रफी प्राप्त गरे।
कोलकत्ताका कमल भुनियाले सर्वाधिक ७ गोल गर्दै ५ हजार साथमा ट्रफी पाए।
विजयीलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, हिमश्री फुड्सका निदेर्शक प्रकाश केसी, नेपाल ओलम्पिक कमिटी सदस्य तेज गुरुङ, मुख्य प्रायोजकतर्फबाट मेजर (रि) खुसीमान गुरुङ एमभिओ र उनकी धर्मपत्नी मञ्जु गुरुङ, बगर भाइखलक यूकेका भानु गुरुङ, ओमप्रकाश गुरुङ, कुमार गुरुङ, धनु थकाली, तमुधी यूकेका संस्थापक अध्यक्ष मीन गुरुङ लगायतले पुरस्कार वितरण गरे ।
बगर भाइखलक अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका महासचिव याम गुरुङले गरेका थिए।
गत माघ ८ देखि संचालित प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो।
Related News
सम्बन्धित समाचार
भलिबल उपाधि विधान स्पोर्ट्स हाउस वालिङलाई
नेपालकै ठूलो धनराशिको फुटसल
सुरु भयो बिटी कपको १४ औं संस्करण
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
सचिन स्मृति दौडको उपाधि भारतीय सेना गुरुङलाई
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७