पोखरा, ९ माघ। कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र, सिमलचौरको संयुक्त आयोजनामा पोखरामा प्रथम सृजना कप सामुदायिक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतियोगिता उद्घाटन गर्दै पोखरा रंगशालामा निर्माणाधीन फुटबल स्टेडियम १ लाख दर्शक अटाउने क्षमताको बनाउनुपर्ने बताएका छन्। हाल १६ हजार ५ सय दर्शक क्षमताको फुटवल स्टेडियम बनाउन लागेकोप्रति असन्तुष्टि जनाउँदै उनले जग्गा पनि पर्याप्त रहेकोले सो सुझाव दिएका हुन् ।
कार्यक्रममा सांसद दीपक कोइराला, राखेप सदस्य राजेशकुमार गुरुङ लगायत बोलेका थिए ।सो अवसरमा भलिबल खेल विकास र विस्तारमा योगदान दिएकोमा पत्रकार महासंघ गण्डकी प्रदेश सचिव एवं सिर्जना विकास केन्द्रका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद पौडेल, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघका संस्थापक अध्यक्ष भक्ति गुरुङ, राखेप सदस्य राजेशकुमार गुरुङ र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठलाई सम्मान गरिएको थियो। कास्की जिल्ला भलिबल संघ अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सृजना विकास केन्द्रका अध्यक्ष मीनप्रसाद भट्टराईले गरेको प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले जानकारी दिए।
प्रतियोगिताको पहिलो दिन बुधबार छात्रतर्फ ८ र छात्रातर्फ ४ गरी १२ खेल भए। छात्रातर्फ बालमन्दिर मावि र छोरेपाटन मावि सेमीफाइनल प्रवेश गरेका छन्। यस्तै, जनप्रिय माविले कालिका माविलाई र तालवाराही माविले गौरीशंकर माविलाई पराजित गर्दै क्वाटरफाइनल पुगे ।
छात्रतर्फ शारदा माविले सृजना बहिरा आवासीयलाई हरायो । वीरेठाँटी माविले ईन्द्र राज्यलक्ष्मी माविलाई, शिवशक्तिले शान्ता माविलाई र महेन्द्रले अम्विका माविलाई सोझो सेटमा पराजित गर्दै विजयी भए।
यस्तै, राष्ट्रिय माविले तालवाराहीलाई, सिद्धबराहले शुक्लागण्डकीलाई, गौरीशंकर माविले जनप्रकाश र बहादुरे माविले बाल मन्दिरको चुनौती पन्छाउँदै जित हासिल गरे ।
नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र यस प्रतियोगिताले भलिबल खेलको जग बलियो बनाउने अपेक्षा गरिएको
उपाधि विजेतालाई ५० हजार, उपविजेतालाई ३० हजार, तृतीयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए।
उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकले जनही ५ हजार पुरस्कार पाउनेछन् ।
Related News
सम्बन्धित समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०