पोखरा, १ माघ । मूलधार महिला सेवा केन्द्र (मासवेस), उदयपुरको आयोजनामा पोखरामा मंगलबार प्रदेशस्तरीय बेटी सम्मेलन भएको छ ।
‘सहन नपरोस् हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तीकरणको हतियार’ मूल नाराका साथ नेपाल परिवार नियोजन संघ कास्कीको सहयोगमा आयोजित सम्मेलनमा ५५ जनाको सहभागिता थियो ।
सम्मेलन उद्घाटन गर्दै गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले कुनै न कुनै बहानामा चेलीबेटीमाथिको हिंसा जारी नै रहेको बताइन् ।
उनले महिलाहरुको स्वास्थ्य अवस्था समेत राम्रो नरहेको भन्दै महिलाहरुको स्वास्थ्यलाई राम्रो बनाउन आवश्यक रहेको औल्याइन् । उपसभामुख शर्माले मासवेसको अभियानलाई सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरिन् ।
गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले बेटी सम्मेलनले हिमाल, पहाड र तराईलाई समेटेको भन्दै प्रशंसा गरिन् ।
गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले महिला सशक्तीकरणका लागि बेटी सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरिन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले महिलाहरुमा आत्मविश्वासको विकास गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीकी सदस्य बिन्दु भण्डारी, अधिकारकर्मी नम्रता बराल, कानून व्यवसायी जूना गुरुङ, नेपाल परिवार नियोजन संघ कास्की सचिव उमेशराज पराजुली, मासवेस प्रवक्ता सरिता राई, अभियन्ता अप्सना खातुन, सानु चौधरी लगायत बोलेका थिए ।
मासवेसकी अध्यक्ष एवं अभियान संयोजक नजबुल खानको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सानु चौधरीले स्वागत र संचारकर्मी सरिता पगेनी तिमिल्सिनाले संचालन गरेकी थिइन् ।मासबेसले आसनमा महिला, भाषणमा महिला, शासनमा महिला भन्ने मूलनाराका साथ सन् २०१२ देखि महिला सशक्तीकरणसम्बन्धी राष्ट्रिय अभियान संचालन गर्दै आएको अध्यक्ष खानले बताइन् ।
हालसम्म नेपालका २४ वटा जिल्ला सहित भारत र बङ्गलादेशमा समेत अभियान संचालन भैसकेको छ । मासबेसले माघ १८ देखि २० सम्म उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाटमा प्रथम राष्ट्रिय बेटी सम्मेलन गर्दैछ ।
राष्ट्रिय सम्मेलनको तयारी स्वरुप सात वटै प्रदेशमा प्रदेशस्तरीय छलफल तथा संवाद कार्यक्रमहरु तय गरिएको छ । अहिलेसम्म चार वटा प्रदेशमा कार्यक्रम संचालन गरी सम्मेलनका लागि प्रतिनिधि छनोट गरिएको संस्थाकी प्रवक्ता सरिता राईले जानकारी दिइन् ।
संस्थाले सेभेन पिल्लर अफ नेपाल महिलाअंकित स्तम्भ निर्माण गर्ने र नेपालमा सेनेटरी प्याड निःशुल्क बनाउने उद्देश्य लिएको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
मदरल्यान्डमा माविमा अन्तक्र्रिया
ला ग्रान्डीेमा ७० युनिट रगत संकलन
सहजकर्ता र सूचीकार तालिम
कर्माचार्य समाजमा बधाई तथा सम्मान
आँपस्वारा होमस्टेमा ‘काव्य यात्रा’
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९