सभामुख कप राष्ट्रिय महिला भलिबल शुरु

आदर्श समाज सम्वाददाता
माघ २, २०७५
volleyball_Fotor

पोखरा, १ माघ । क्षेत्रीय खेलकुद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा पोखरामा मंगलबार दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको छ ।

सात प्रदेश र तीन वटा विभागीय टोलीसहित १० टोलीको सहभागिता रहेको प्रतियोगिता माघ ५ सम्म चल्नेछ ।

प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

पहिलो दिनको खेलमा सशस्त्र प्रहरीले प्रदेश १ लाई २५–३, २५–८ र २५–३ सेटमा हराउँदा प्रदेश ५ ले प्रदेश २ लाई २५–१०, २५–१४ र २५–८ सेटमा पन्छायो । घरेलु टोली गण्डकी प्रदेशको चुनौती पन्छाउँदै नेपाल पुलिस क्लब अन्तिम आठमा प्रवेश गरेको छ । पुलिसले गण्डकीलाई २५–१९, २५–२० र २५–१७ सेटमा पराजित गर्दै क्र्वाटरफाइनल स्थान तय गरेको हो । अर्को खेलमा प्रदेश ३ ले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै क्र्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

आर्मीमाथि ३–१ सेटले पन्छाउँदै प्रदेश ३ क्र्वाटरफाईनलमा प्रवेश गरेको हो । आर्मी हारले पनि अन्तिम आठ प्रवेश गरेको छ । समूह सीमा प्रदेश ३ र आर्मी छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ३ लाख ३० हजार, १ लाख ७० हजार र १ लाख र चौथोलाई सान्त्वनास्वरुप २५ हजार रुपैयाँ प्रदान गरिने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

सो प्रतियोगिताका उत्कृष्ट विधा वेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, लिब्रो, प्रशिक्षकलाई जनही ५ हजार र उत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिता संयोजक सम्पन्न श्रेष्ठले बताए ।

दोस्रो दिन प्रदेश १ र सुदूरपश्चिमाञ्चल प्रदेश, प्रदेश २ र कर्णाली प्रदेश, एपिएफ क्लब र तेस्रो खेल सुदूरपश्चिमाञ्चल प्रदेश तथा प्रदेश ५ र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ ।

कुल ३८ लाख खर्च हुने सो प्रतियोगिताका लागि राष्ट्रिय खेलकूद परिषद्द्वारा २५ लाख प्रदान गरिएको र बाँकी टिकट आधारमा रकम संकलन गरिने प्रचार प्रसार संयोजक दीपकबहादुर गोदारले जनाए ।

Related News

सम्बन्धित समाचार

  • युनिप्स खेल महोत्सव आज समापन

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा । पाँचौ युनिप्स खेल महोत्सवअन्तर्गत एथलेटिक्सतर्फका खेलहरु शुक्रबारबाट सुरु भए । प्रतियोगितामा ट्रयाक एन्ड फिल्डतर्फका खेल भने जारी रहेको…
  • हिसान स्पोर्टस् मिट जारी

    आदर्श समाज सम्वाददाता मंसिर १६, २०८०
    पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), कास्की आयोजनामा पोखरा रंगशालामा १६ औं हिसान कास्की स्पोर्टस् मिट…
  • केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन

    धनबहादुर गुरुङ, विजय नेपाल मंसिर १६, २०८०
    पोखरा । नेपालमा हुने क्रिकेट प्रतियोगितामा विभागीय टिमको दबदबा छ । तर, पोखरा रंगशालामा गत ७ मंसिरदेखि भएको प्रथम केपी…
  • माछापुच्छ्रेमा राष्ट्रपति रनिङ सिल्ड सुरु

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । माछापुच्छ्रे गाउँपालिकामा बिहीवारदेखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने पाँचौ संस्करणको उक्त प्रतियोगितामा…
  • आइटिएफ जे–३० : डबल्सतर्फ सेमिफाइनलका खेल सम्पन्न

    आदर्श समाज सम्वाददाता मंसिर १५, २०८०
    पोखरा । पोखरा रंगशालामा जारी आइटिएफ जे–३० टेनिसमा बिहीबार सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेल सम्पन्न भए । ब्वाइज सिंगलतर्फको…

hero news full width