भूमे आधारभूत विद्यालयमा सहयोग

आदर्श समाज सम्वाददाता
पौष १९, २०७५
ANNAPURYNA_Fotor

पोखरा, १८ पुस। कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित भूमे आधारभूत विद्यालयका विद्यार्थीलाई सोमबार शैक्षिक सामाग्री  वितरण गरिएको छ। शैक्षिक तथा सामाजिक विकास केन्द्र नेपालको आयोजना तथा ओसाकाको सहयोगमा ८३ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो।

विद्यालय व्यवस्थापन समिति सदस्य सोमबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा उनीहरुलाई   झोला, स्टेनरी सामग्री र टोपी वितरण गरिनुका साथै विद्यालयलाई २० सेट फर्निचर समेत हस्तान्तरण गरिएको थियोे।

कार्यक्रममा जापानीज नागरिक मितसुहिस कुरोहीले गरिब तथा विपन्न परिवारका बालबालिका अध्ययन गर्ने विद्यालयमा आफूहरुले सहयोग गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए।

कार्यक्रममा सहयोगी जापानीज नागरिकलाई प्रशंसापत्र र मायाको चिनोसहित सम्मान गरिएको थियो।

कार्यक्रम समन्वय गरी आयोजना गर्न सहयोग पुर्याउने शैक्षिक तथा सामाजिक विकास केन्द्र नेपालका उपाध्यक्ष सम्झना वन लगायत सम्पूर्ण पदाधिकारीलाई विद्यालयका तेजप्रसाद शर्माले धन्यवाद दिए। उनले विद्यालयलाई अझै ३० सेट फर्निचर आवश्यकता रहेको तथा सम्पूर्ण गरीब विद्यार्थीलाई पोशाक र कम्प्युटरको समेत आवश्यकता रहेको भन्दै जापानीज सहयोगदातासम्म मागपत्र पेश गरे।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, व्यवस्थापक समिति पदाधिकारी, सहयोगी जापानीज नागरिकको उपस्थिति थियो  ।

Related News

सम्बन्धित समाचार

hero news full width